यसरी बनाइयो, भिटारा ब्रेजालाई जीप कम्पासदेखि ल्यान्ड रोभरसम्म

भारतीय बजारमा सर्वाधिक बिक्री हुने कम्प्याक एसयूभी मारुती सुजुकी भिटारा ब्रेजालाई अनेकौ डिजाइनमा मोडिफाई गरिएको पाइन्छ । 

नेपालमा सवारीसाधन मोडिफाईमा कानुनले प्रतिबन्ध लगाएपनि भारतीय बजारमा कार मोडिफाईलाई सामान्यरुपमा लिने गरिन्छ । त्यसैले मानिसहरुले आफ्नो कारलाई बिभिन्न अन्य लग्जरी कारको डिजाईनमा मोडिफाई गर्ने गरेका छन् । 

मारुती सुजुकी ब्रेजामा कुनैपनि आर्कषक मोडलको ग्रिल सजिलै लगाउन सकिन्छ । कम्पनीले नै ब्रेजामा थुप्रै पार्टसको मोडिफाई हुनेगरी उत्पादन गरेको छ । 

डिसी डिजाईन भिटारा ब्रेजा

भारतको कार मोडिफाई कम्पनी डिसी डिजाइन हाउसले भिटारा ब्रेजाको सम्पूर्ण स्वरुप परिर्वतन गरेर नयाँ डिजाइन दिएको छ । डिजाइन हाउसले यसको सम्पूर्ण ग्रिलमा पुरै परिर्वतन गरेको छ । बिगसाईज हनिकब सेपको ग्रिल दिइएको छ । 

यसमा रहेको रेगुलर बम्परलाई परिर्वतनगरी हनिकब बम्पर नै दिइएको छ । लोअर बम्पर स्कीड प्लेटसँग जोडिएको छ । यसमा कम्पनीले दिएको कलरको तुलनामा निकै फरक कलरको प्रयोग गरिएको छ । 

जीपको प्रभाब

पछिल्लो दिनमा जीपको क्रेज बढेसँगै मारुती सुजुकी भिटारा ब्रेजालाई जीपमा परिणत गरेको पनि भेटिने गरेको छ । जीप कम्पासको मूल्य १८ लाखबाट सुरु हुने भारतीय बजारमा कुल १० लाख रुपैयाँ खर्च गरेरर ब्रेजालाई मोडीफाई गरेर जीप बनाएको भेट्न सकिन्छ । 

यसमा दिइएको इन्स्पायड ग्रिलले यो कम्प्याक एसयूभीलाई जीपको रुप दिएको छ । यो नयाँ ग्रिलले यो एसयूभीलाई साँच्चै उत्कृष्ट देखाएको छ । 

ल्यान्ड रोभर


ल्यान्ड रोभर प्रेमी तर महंगो मूल्यका कारण यसलाई खरिदगर्न नसक्ने मानिसले ल्यान्ड रोभरको चाहना पुरागर्न ब्रेजालाई मोडिफाई गरेको देख्न सकिन्छ । ब्रेजामा ल्यान्ड रोभरको ग्रिल लगाएर स्पोर्टी लुक्स र ल्यान्ड रोभर डिस्कभरीको स्वरुप दिइएको छ । 


Back_to_top