बजाज अटोले आफ्ना सबै मोडलमा कस्मेटिक परिर्वतन गर्दै भारतीय प्रदुषण मापदन्ड र सुरक्षा मापदन्ड अनुरुप नयाँ इन्जिनको तयारी गरिरहेको छ ।
यी सबै काम कम्पनीले २०२० को अप्रिलसम्ममा पुरा गर्ने जानकारी यसअघि नै दिएको थियो ।
साथै, कम्पनीले भारत इमिशन स्टायडर्ड ६ अनुसारको इन्जिनसहित नयाँ फ्यागसिप मोटरसाईकल ‘पल्सर–२५०’ बजारमा ल्याउने तयारी सुरु गरेको छ ।
आउदै गरेको पल्सर २५० लाई कम्पनीले विल्कुनै नयाँ फिचरहरुका साथ बजारमा ल्याउने अनुमान गरिएको छ । नयाँ इन्जिनका साथ बजारमा आउने यसमा फियुल इन्जेक्सन वा लिक्वीड कुलीङ इन्जिन दिने छ ।
डियुल च्यानल एबीएस सिस्टमका साथमा आउने नयाँ डिजाईन पल्सर २५०मा एलइडी हेडल्याम्प, नयाँ अलोय ह्वील र रि–डिजाइन गरिएको रियर प्रोफाइल हुनेछ ।
यसलाई कम्पनीले २०१९ को अन्त्य वा २०२० को सुरुवातमा बजारमा सार्वजनिक गर्ने छ ।
अहिले बजाज अटोले नयाँ इन्जिन प्ल्याटर्फम विकासको काम गरिरहेको छ । जसले बजाजका ‘यूजी६’ पल्सर सिरिजलाई अझै पावरफुल बनाउने छ ।
बजाजले पल्सर सिरिजमा १३५, १५०, १८० र २२० सीसी रेञ्जमा उत्पादन गर्दै आएको छ । अब भने कम्पनीले १२५ र २५० सीसी सेग्मेन्टमा थप दुई नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले १३५ सीसी भने १२५ को अगामनसँगै बन्द गर्ने अनुमान गरिएको छ ।
साथै कम्पनीले पल्सर एनएस १६०, पल्सर एनएस २०० र पल्सर आरएस २०० समेत उत्पादन गर्दै आएको छ ।

