हार्लेले भारतमा ल्याउँदै सस्तो मोडल, देखियो परिक्षणमा

काठमाडौं । हिरोले भारतमा हार्लेको नयाँ मोडल परिक्षण गररिहेको तस्बीर सार्वजनिक भएको छ । कम्पनीले एशोसरिज सहितको सानो सीसीको हार्ले परिक्षण गरेको तस्बीर बाहिर आएको हो ।

कम्पनीले लेग गार्ड, इन्जिन गार्ड, सेन्टर स्याण्ड र विन्ड स्क्रीनसहित हार्ले परिक्षण गरेको देखिन्छ । हिरोको जयपुर स्थित प्लान्ट नजिकै देखिएको एशोसरिजसहितको मोटरसाइकल एक्स ४४० हो वा करिज्मा २१० मा आधारित नयाँ हार्ले एक्स २१० हो भन्ने एकिन भएको छैन ।

केही समयदेखि कम्पनीले हार्लेको एक्स ४४० को सानो भर्सन समेत ल्याउने चर्चा भइरहेको छ । भारतीय बजारमा सार्वजनिक भएको एक्स ४४० ले राम्रो बजार लिइरहेको अवस्थमा कम्पनीले अझै कम मूल्यमा सानो सीसी क्षमताको हार्ले ल्याउने चर्चा भएको हो ।

हिरोले आफ्नो आइकनिक मोटरसाइकल करिज्मालाई नयाँ २१० सीसी इन्जिनमा ल्याएसँगै यही इन्जिनमा हार्ले एक्स २१० ल्याउन सक्ने बताइएको छ ।

हार्ले र हिरोको सहकार्यमा उत्पादन भएको हार्ले एक्स ४४० को सुरुवाती मूल्य २ लाख ३९ हजार रुपैयाँ रहेको थियो। कम्पनीले एक्स २१० ल्याउने हो भने २ लाख भन्दा कम मूल्यमा नै आउने अपेक्षा गरिएको छ ।


Back_to_top