बजाजले पल्सर–१५०लाई एबीएससहित ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले दिपावलीलाई मध्यनजर गर्दै भारतीय बजारमा मोटरसाईकल सार्वजनिक गर्न लागेको हो ।
विभिन्न सेफ्टी फिचरमा अपग्रेडकासाथ आएको यो बाइकमा यसअघिनै टुइन डिस्क ब्रेक दिइसकेको छ । कम्पनीले करिब ४ महिना अगाडि टुइन डिस्क भेरिएन्ट सार्वजनिक गरेको थियो । नेपाली बजारमा समेत सर्वाधिक बिक्री हुने पल्सर मोडलको टुइन डिस्क भेरिएन्ट आइसकेको छ ।
रियर तथा डिस्क ब्रेकसहित आएको यो बाइकमा ड्यूल च्यानल एबीएस सिस्टम दिइएको छ । साथै कम्पनीले मोटरसाइकलको ब्रेकिङ्ग सिस्टममा पनि अपडेट गरिएको छ । एबीएससहित आएउने यो मोटरसाइकल वेस्ट सेलिङ्ग पल्सर भेरिएन्ट बन्ने कम्पनीको विस्वास रहेको छ ।
अहिलेको मोडलको तुलनामा बजाज पल्सर–१५० एबीएसको साइलेन्सर ठूलो रहेको छ । १४९ सीसी एयरकूल्ड इन्जिन रहेको बाइकको पफर्मेन्स इम्प्रुभका लागि ट्वीकिङ्गहरू दिइएको छ । यसमा लगाइएको इन्जिनले १४ पीएस र १३.४ एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ ।
बजाज पल्सर–१५० एबीएसमा रेगुलर मोडलमा प्रयोग गरिएको डिजाइनलाई नै निरन्तरता दिइएको छ भने, बेली प्यानसँगै ड्यूल टोन कलर थपिएको छ । यस मोडलमा क्लिप अन ह्यान्डलबार, ट्यूवलेस टायर, एलइडी टेललाइटलगायतका फिचरहरु रहेको छ ।
बजाज पल्सर–१५० एबीएसमा रेगुलर टेलीस्कोपिक फ्रन्ट–फोर्क तथा फाइभ–स्टेप एड्जस्टेवल ग्यास–चार्ज रियर शक दिइएको छ । फ्यूल ट्याङ्क क्यापासीटी १५ लिटर रहेको यो बाइकको भारतीय बजारमा अनुमानित मूल्य ७९ हजार भारतीय रुपैयाँ पर्नेछ ।
नेपाली बजारमा टुइन डिस्क पल्सर-१५० को मूल्य २ लाख ५७ हजार रुपैयाँ रहेको छ । यदि यो बाइक नेपाली बजारमा तत्कालै आउने हो भने करिब २ लाख ७५ हजारको हारहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।


