काठमाडौं । बजाज अटोले आफ्नो एकमात्र इलेक्ट्रीक स्कुटर चेतकको नयाँ सार्बजनिक गरेको छ । कम्पनीले चेतक इलेक्ट्रीकको प्रिमियम भर्सन सार्वजनिक गरेको हो ।
पुरानो चेतकको तुलनामा नयाँ चेतकमा कस्मेटिक परिवर्तन संगै टेक्निकल परिवर्तनहरुसमेत गरेर कम्पनीले सार्वजनिक गरेको हो ।
चेतकको पुरानो मोडलमा २.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको थियो भने, नयाँ मोडलमा ३.२ किलोवाट आवरको ब्याट्री प्रयोग गरेको छ ।
ब्याट्रीको क्षमता वृद्धि भएसँगै यसको प्रदान गर्ने रेन्ज समेत वृद्धि भएको कम्पनीले दावी छ । नयाँ ब्याट्रीले एक पटकको फुल चार्जमा १२७ किलोमिटर सम्मको रेन्ज दिनेछ भने यसलाई फुल चार्ज हुन करिब ४ घण्टा ३० मिनेट समय लाग्ने छ । यस स्कुटरको टप स्पीड ७३ किलोमिटर प्रतिघण्टा रहेको छ । पुरानो मोडलको तुलनामा यसको टप स्पीड क्षमता समेत वृद्धि भएको हो ।

योसँगै ग्राहकले चेतकको प्रिमियम भेरियन्टलाई १ लाख ३५ हजार (एक्स सोरुम) मूल्य तिर्नु पर्ने हुन्छ । चेतक अर्वान मोडलको मूल्य भने १ लाख १५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले प्रिमियम भेरियन्टको रुपमा ल्याएको चेतकमा २१ लिटरको अन्डर सीट स्टोरेज र अल मेटल बडि प्यानल रहेको छ । यसमा इको र स्पोर्ट मोड पनि पाउन सकिन्छ । यसमा कम्पनीले हिल होल्ड मोडसमेत दिएको छ ।
चेतकमा नयाँ एड्भान्स टीएफटी डिस्प्ले दिएको छ । यस डिस्प्लेमा कनेन्ट फिचरसहित टर्न वाइ टर्न नेभिगेसन, टायर प्रेसर मनिटरिंग सिस्टम, रिमोट लक अनलक सिस्टम, राइड मोड, कल र एसएमएस नटिफिकेशन, म्युजिक सिस्टम, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर उपलब्ध छ ।


