यस्तो छ २०२४ मा बजारमा आउने सबैभन्दा प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । विश्वका सबै कार निर्माता ईभी उत्पादनमा जोडतोडलले लागेका छन् । मास मार्केट ब्राण्डदेखि प्रिमियम लग्जरी ब्राण्डसम्मको लक्ष्य उत्कृष्ट विद्युतीय कार बजारमा पठाउन लागिपरेका छन् ।

सन् २०२४ मा बजारमा आउन लागेका करिब दुई दर्जन प्रिमियम कार मध्ये लुसिड एयरको ‘स्याफायर’ सेडान कार सर्वाधिक लग्जरी हुने बताइन्छ । विभिन्न रिपोर्टहरुले यसलाई २०२४ मा आउने सर्वाधिक लग्जरी कार हुने उल्लेख गरेका छन् ।

लुसिडले आफ्नो लग्जरी सेडानको मूल्य अमेरिकी बजारमा २ लाख ५० हजार ५०० डलर तोकेर ल्याउन लागेको हो । कम्पनीले यसमा ३ वटा मोटर दिने जनाएको छ ।

अगाडि एउटा मात्रै र पछाडि दुई वटा मोटर जडान हुने स्याफायरको संयुक्त मोटर पावर ९२० किलोवाट रहने छ । यो कारको टप स्पीड क्षमता ३३० किलोमिटर प्रतिघन्टा हुने कम्पनीको दावी छ । यसलाई सून्यबाट ६० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केबल १.९ सेकेन्ड समय लाग्छ ।

लुसिडले यसलाई ९०० भोल्ट आर्किटेक्चरमा निर्माण गरेको हो । निकै तिब्र चार्ज हुन सक्ने लुसिड एयर स्याफायरले सिंगल चार्जमा ८३० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।

यसमा कुनै पनि फिजिकल बटम छैन । यसको गियर सेलेक्टर पनि ड्यासबोर्डमा रहेको स्कृनको सहायताले मात्रै सम्भव छ ।


Back_to_top