कन्सेप्टमा भन्दा दमदार देखियो टाटा ह्यारीयर, तयार भयो पहिलो कार

टाटा मोटर्सको बहुप्रतिक्षित मोडल ह्यारीयर कम्पनीको प्लान्टबाट रोल आउट भएको छ । डिसेम्बर महिनामा ग्लोबल प्रिमयर गर्ने तयारी भइरहेको ह्यारीयको आधिकारीक फोटो टाटा मोटर्सले सार्वजनिक गरेको हो ।

टाटाको प्रिमियम एसयूभीको रोलआउट गर्दै कम्पनीका पेसेन्जर भेइकल बिजनेश यूनिटका प्रेसिडेन्ट मयांक पारीकरले भने ‘प्रि–बुकिङदेखिनै ग्राहकको उत्साहजनक प्रतिक्रियाले कम्पनीलाई नयाँ प्रडक्ट चाँडै ल्याउन उत्साह थपेको थियो ।’ 

कन्सेप्ट कारमा भन्दा आर्कषक देखिएको ह्यारीयरलाई कम्पनीले ५ र ७ सिट अप्सनमा बजारमा ल्याउने छ । नयाँ ओमेगा प्ल्याटफर्ममा बनाइएको यो कारको प्ल्याटर्फम ल्यान्डरोभर डिस्कभरी स्पोर्टको एलएस५५० बाट लिइएको हो । 

टाटाले ह्यारीयरमा अल न्यू २.० लिटर क्यारोटेक टर्बोचार्जड डिजल इन्जिन दिएको छ । ४ सिलिन्डर इन्जिन रहेको यो गाडी कुनैपनि बाटोमा चलाउन उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ । उक्त इन्जिनले १४० पीएस पावर र ३२० एनएम टर्क उत्पादन गर्ने छ भने यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड एटोमेटिक ट्रान्समिसन दिइएको छ ।  

सुरक्षाको लागि एबीएस, इबीडी, एयरब्याग, हिल डिसेन्टकन्ट्रोल, ट्याक्सन कन्ट्रोललगायतका फिचर उपलब्ध रहने छन् । 

टाटा ह्यारीयरमा प्रिमियम क्यावीनको साथ मल्टी फिचर दिइएको बताइएको छ । नयाँ इन्फोटेन्टमेन्टका साथ हर्मन कार्डन म्युजिक सिस्टम यसमा दिइएको छ । जनवरी २०१९ बाट बजारमा आधिकारीकरुपमा आउने यो कारको सुरूवाति मूल्य १२ लाख भारतीय रुपैयाँको हारहारीमा हुने अनुमान गरिएको छ ।  

टाटा मोटर्सको लागि नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा ह्यारीयर भारतीय बजारमा सार्वजनिक भएको केहि समयपछि नेपाली बजारमा ल्याउने जनाएको छ ।  


Back_to_top