हिरो ‘सीई–००१’ लिमिटेड एडिशन सार्वजनिक, १०० यूनिट मात्र उत्पादन हुने

काठमाडौं । हिरो वल्र्ड २०२४ कार्यक्रममा हिरो मोटोकर्पले एक्सट्रीम १२५ आर तथा माभ्रिक ४४० सार्वजनिक गरेको थियो । त्यस्तै उक्त कार्यक्रममा कम्पनीले स्पेशल एडिशन ‘सीई–००१’ समेत प्रर्दशन गरेको हो ।

यो स्पेशल एडिशन मोटरसाइकल करिज्मा एक्सएमआरबाट प्रभावित रहेको छ । यसलाई कम्पनीले हिरोका फाउन्डर ब्रिजमोहनलाल मुन्जालको स्मारक इडिशनको रुपमा ल्याएको हो ।

कम्पनीले यो मोटरसाइकल १०० यूनिट मात्र उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले करिज्मा एक्सएमआर वेस स्पेशल एडिशन मोटरसाइकलमा हाफ फेयरिङमा दिएको छ । जुन पुरानो करिज्ममा जस्तो देखिन्छ ।

कम्पनीले यसमा कार्वन फाइवर एलिमेन्टहरु प्रयोग गरेको छ भने, सिंगल पिस ह्यान्डलबार, विनसिल्ड, एक्रापोभिकको स्लिप अन एक्जष्ट दिएको छ ।

सीई ००१ को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ । कम्पनीले यसमा यूएसडीका साथै ग्यास चाज्र्ड मोनोशक सस्पेन्सन दिएको छ ।

कम्पनीले यसको र्फमेन्सको बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन् । हिरो करिज्मा एक्सएमआरमा भने सिंगल सिलिन्डर लिक्वीड कुल्ड २१० सीसी इन्जिन रहेको छ । यो इन्जिनले २५ पीएस पावर तथा २० एनएम टर्क जेनेरेट गर्छ ।

जुलाई २०२४ देखि डेलिभरी सुरु हुने अनुमान गरिएको यो मोटरसाइकलमा कार्वन फाइवर एलिमेन्ट, तथा कस्टम एक्जष्ट लगाइएका कारण मूल्य भने केही महंगो हुने अनुमान गरिएको छ । यो मोटरसाइकल १०० यूनिट मात्र उत्पादन हुनेछ ।


Back_to_top