काठमाडौं । भारतीय इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी रिभोल्ट सस्तो मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले कम मूल्यको रिभोल्ट आरभी ४०० बीआरजेड सार्वजनिक गरेको हो ।
रिभोल्ट आरभी ४०० बीआरजेडको मूल्य १ लाख ३८ हजार भारतीय रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरेको हो ।
कम्पनीले आरभी ४०० को तुलनामा ५ हजार रुपैयाँ कम मूल्यमा बीआरजेड भेरियन्ट सार्वजनिक गरेको हो ।
बीआरजेड भर्सनमा कम्पनीले कलरका अलावा अन्य कुनै पनि परिर्वतन गरेको छैन् ।
यो मोटरसाइकलमा ३ किलोवाट क्षमताको मिड मोटर रहेको छ । यसमा ३.२४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ भने यसले एक पटकको चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यसमा तीन मोड इको, नर्मल र स्पोर्ट उपलब्ध छ ।


