उज्वेकिस्तानबाट बीवाइडीको गाडी उत्पादन सुरू

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले उज्वेकिस्तानबाट गाडी उत्पादन सुरू गरेको छ ।

बिहीबार उज्वेकिस्तानको सांनजेनस्थित बीवाइडी हेडक्वाटरमा आयोजित एक कार्यक्रमका बीच बीवाइडीका प्रेसिडेन्ड वाङ चुवानफु र उज्वेकिस्थानका राष्ट्रपति शवकट मिजियोयेवले संयुक्त रुपमा उत्पादनको उद्घाटन गरेका हुन् ।

उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता ५० हजार यूनिट रहेको छ । उक्त प्लान्टबाट पहिलो उत्पादन मोडलको रूपमा सोङ प्लस डीएमआई रोलआउट भएको थियो । उक्त अवसरमा बीवाइडीले उज्वेकिस्तानका राष्ट्रपतिलाई याङवाङको १० हजारौं प्रडक्सन उपहार समेत दिएका थिए ।

बीवाइडीले सन् २०२२ को फेब्रुअरीमा उज्वेकिस्तानमा इलेक्ट्रीक प्यासेन्जर कार र इलेक्ट्रीक बस बनाउने सम्झौता गरेको थियो । बीवाइडीले गत २०२३ को मार्च १६ मा उज्वेकिस्तानमा ब्राण्ड लन्च गरको थियो ।

बीवाइडीले चीन बाहिर आफ्नो उपस्थिति बढाउने योजना अनुसार थाइल्याण्ड, ब्राजिल र हंगेरीमा नयाँ प्लान्ट निर्माण गरिरहेको छ । गत जनवरी १५ मा बीवाइडीले पहिलो कार क्यारियर पानी जहाज पनि संचालनमा ल्याएको थियो ।

करिब २०० मिटर लम्बाइ भएको उक्त जहाजबाट एकैपटक ७ हजार गाडी निर्यात गर्न सकिनेछ । बीवाइडीले यस्ता ७ वटा पानी जहाज संचालनमा ल्याउने जनाएको छ ।


Back_to_top