काठमाडौं । बजाज पल्सर एन १६० को २०२४ मोडल सार्वजनिक भएको छ । कम्पनीले फिचर थप गरेर पल्सर एन १६० को २०२४ मोडल ल्याएको हो ।
कम्पनीले सार्वजनिक गर्नु अघि नै यसको मूल्य तथा फोटो सार्वजनिक भएको हो ।
कम्पनीले केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरेको पल्सर एन १६० डिलर नेटवर्कमा पुगेको हो । कम्पनीले २०२४ पल्सर एन १६० को मूल्य १ लाख ३२ हजार ६२७ रुपैयाँ एक्स शोरुम मूल्य निर्धारण गरेको छ । यसमा कम्पनीले कन्सोलका अलावा अन्य कुनै परिर्वतन गरेको छैन् ।
यसअघिको पल्सर एन १६० मा सेमि डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ भने नयाँ एन १६० मा फुल डिजिटल कन्सोल दिइएको छ, जसमा गियर इन्डिकेटर लगायत धेरै फिचर उपलब्ध छ । बजाजले पहिलो पटक मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटी फिचर दिएको छ । यूएसडी फर्क सहित आउने हल्ला भएतापनि नयाँ पल्सर एन १६० मा टेलिस्कोपिक सस्पेन्सन नै देखिएको छ ।

बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट पाउन सकिन्छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।
यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
डबल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।

