हुन्डाईको नयाँ सेग्मेन्ट सेन्ट्रोले बजारमा आक्रामक प्रदर्शन गरेको छ । सार्वजनिक भएको २२ दिनमा नै यो मोडलको २८ हजार ८०० यूनिट बुकिङ भएको छ । कम्पनीकाअनुसार, यो सेग्मेन्टको अहिलेसम्मकै रेकर्ड बुकिङ्ग हो ।
भारतीय बजारमा हुन्डाई सेन्ट्रो गत अक्टोवर २३ मा सार्वजनिक भएको थियो । कम्पनीले नयाँ सेन्ट्रोको बुकिङ खोलेको ९ दिनमा नै १४ हजार यूनिट बुकिङ्ग गर्न सफल भएको थियो । अहिले यसको यूनिट बढेर २८ हजार ८०० पुगेको छ । मिडिया रिपोर्टकाअनुसार बजारमा अहिले यो कार आफ्नो सेग्मेन्टमा नै सबैभन्दा धेरै चर्चामा रहेको छ ।
अल न्यू हुन्डाई सेन्ट्रोलाई कम्पनीले डी–लाइट, इरा, मग्ना, स्पोर्टेज र अस्टा–ट्रीम गरी ५ भेरियन्टमा उपलब्ध गराएको छ । यो कारमा पेट्रोल तथा सीएनजी दुवै इञ्जिन विकल्प दिइएको छ । हुन्डाई सेन्ट्रोमा दिइएको १.१ लिटर, फोर–सिलिन्डर इञ्जिनले ६९ बीएचपी र ९९ एनएम–टर्क उत्पादन गर्छ । यसको पेट्रोल इञ्जिनमा फाइभ–स्पीड म्यानूअल र न्यू अप्सनल फाइभ–स्पीड एएमटी गिएरबक्स दिइएको छ । नयाँ सेन्ट्रोले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ ।
हुन्डाई स्यान्ट्रो कम्पनीकै अल न्यू के–१ प्लेटफर्ममा निर्माण गरिएको हो । यस कारमा हलोगेन हेडल्याम्प, वाइड ग्रील, फोगल्याम्प, स्टील ह्वील, हवक्याप तथा रियर साइडमा मिड–सेट टेलल्याम्प दिइएको छ ।
यसकासाथै स्यान्ट्रोमा ७ इञ्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले र एन्ड्रोइड अटोजस्ता फिचरहरु रहेका छन् ।

