काठमाडौं । भारतीय बजारमा मारुती सुजुकीले एक महिनामै झण्डै २ लाख कार बिक्री गरेर रेकर्ड बनाएको छ । कम्पनीले जनवरी २०२४ मा १ लाख ९९ हजार ३६४ यूनिट कार बिक्री गरेको हो ।
मारुती सुजुकीको बिक्री भारतीय बजारमा १ लाख ७० हजार २१४ यूनिट, अन्य कार उत्पादकलाई ५ हजार २२९ यूनिट र भारत बाहिर निर्यात २३ हजार ९२१ यूनिट गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मारुती सुजुकीको बिक्रीमा सबैभन्दा धेरै हिस्सा ए सेग्मेन्ट कम्प्याक्ट कारको छ । त्यसपछि धेरै बिक्री भएको एसयूभी हो ।
अघिल्लो वर्षको जनवरीमा एसयूभी सेल्स ३५ हजार रहेकोमा अहिले बढेर ६२ बजार पुगेको छ । जबकी कम्प्याक्ट कारहरुको बिक्रीमा अघिल्लो वर्षको हाराहारीनै छ ।


