आहारारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई टेलजीको स्कुटर

काठमाडौं। सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको २३औं आहारारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले टेलजी स्कुटर पुस्कार पाउने भएका छन्। २३औं आहारारा पोखरा गोल्डकपको उपाधिका लागि शनिबार थ्री स्टार क्लब र त्रिभुवन आर्मी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

उक्त चर्चित आहारारा पोखरा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टेलजी स्कुटरको आधिकारिक बिक्रेता योमा मा ई(मोटर्स प्रालिले पुरस्कार प्रदान गर्न लागेको हो। यस्तै २२औं संस्करणमा पनि संकटा क्लबका सुनिल बलले सर्वोत्कृष्ट खेलाडी बन्दै टेलजी स्कुटर पुरस्कार पाएका थिए।

यो पटकको भने कसले पाउने भन्ने कुरा आजको खेलबाट थाहा हुनेछ। साथै प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ।

योमा मा ई(मोटर्स प्रालिका निर्देशक सञ्जिव शिल्पकारले आफ्नो कम्पनीले देशकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। आहा रारा गोल्डकप देशकै प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता भएकाले राष्ट्रिय खेलाडीहरु उत्पादन गर्नेदेखि लिएर अनाथहरुलाई समेत सहारा दिएर फुटबल एकेडेमी सञ्चालन गरिरहेको उनको भनाइ छ। त्यसैले आफुहरु यो प्रतियोगितासँग जोडिएको शिल्पकार बताउँछन्।

टेलजीको अहिले नेपालमा दुईवटा मोडल बिक्रीमा छ। टेलजीको इलोक्ट्रोनिक स्कुटर संयुक्त राष्ट्रसंघको इन्भारोमेन्ट पार्टनरका रुपमा छ। पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दो छ। टेलजी नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चिनियाँ विद्युतीय स्कुटर ब्रान्ड हो।


Back_to_top