महिन्द्राले लामो प्रतिक्षापछि आफ्नो नयाँ एसयूभी सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीले यहि महिनाको २६ तारिकमा आफ्नो नयाँ गाडी सार्वजनिक गर्न लागेको हो ।
यसअघि बाहिर आएको १९ नोभेम्बर सार्वजनिक गर्ने भनिएपनि अब २६ नोभेम्बरमा ल्याउने जानकारी कम्पनीले दिएको छ । महिन्द्रलाले आफ्नो नयाँ एसयूभीको नाम अल्ट्रास (बतिचयक) राखेको छ । यसअघि एक्सयूभी ७००, इन्फेर्नो जस्ता नाम बाहिर चर्चामा आएको भएपनि कम्पनीले अन्त्यमा अल्ट्रास राखेको छ ।
स्याङ्योङ रेक्स्टनको प्ल्याटफर्ममा उत्पादन गरिएको यो एसयूभी महिन्द्राको यसअघिको एक्सयूभी ५०० भन्दा ठूलो हुने छ । कम्पनीले यो प्रिमियम एसयूभीमा दिइएको ग्रिल रेक्स्टनको जस्तो नदिएर महिन्द्रा फ्याम्लीको लुक्स दिइएको छ ।
महिन्द्राले आफ्नो नयाँ प्रिमियम एसयूभीको नाम अल्ट्रास राख्ने निधो गरेसँगै नामाको मिनिङग खोजि भएको छ । हिन्दीमा अल्ट्रासको मतलव उचाई हुन्छ । कम्पनी यो कारको माध्यमबाट बिक्रीमा नयाँ उचाई बनाउन चाहन्छ । त्यसैले यसको नाम अल्ट्रास राखिएको अनुमान गरिएको छ ।
महिन्द्राको नयाँ एसयूभी अल्ट्रास दुई भेरिएँटमा बजारमा आउने छ । लोयर भेरिएन्ट जी२ ट्रिम टु ह्वील ड्राइभ र अर्को भेरिएन्ट जी४ जुन फोरह्वील ड्राइभमा उपलब्ध हुने छ ।
कम्पनीले नयाँ एसयूभीमा २.२ लिटर डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १८०.५ बीएचपी पावर र ४५० एनएम टर्क उत्पादन गर्छ ।

