इटालीयन कम्पनी डुकाटीले मिलानमा आयोजना भइरहेकाे EICMA मोटर शो २०१८मा इलेक्ट्रिक साइकल MIG-RR ‘मिग आरआर’ सार्वजनिक गरेकाे छ ।
डुकाटीले त्यहाँको थोक ई–बाइकसँगको सहकार्यमा यो साइकलको डिजाइन गरेको हो । साइकललाई इन्ड्युरो राइडिंग स्टाइलमा डिजाइन गरिएको छ । यस इलेक्ट्रिक साइकलमा टाइम डाउनह्वील डिसेन्ट र नन् टाइम्स अपह्वील क्लाइम्ब जस्ता विशेषता दिइएको छ । यसमा २९ इन्चको फ्रन्ट ह्वील लगाइएको छ जसको सहायताले अप्ठ्यारो बाटोमा पनि सहजै चलाउन सकिन्छ ।
अगाडिको भागमा २७.५ इन्चको ह्वीलको प्रयोग गरिएको यो बाइकको एक्सीलेरेशन अत्याधिक रहेको छ । यस इलेक्ट्रीक साइकलमा २५० वाटको सिमानो स्टेप ई–८००० मोटर जडान गरिएको छ । यसले ७० एनएम टर्क उत्पादन गर्छ । यसको अलवा साइकलमा ५०४ वाट ब्याट्रीसमेत प्रयोग गरिएको छ ।
यसको मूल्यको बारेमा कम्पनीले अहिलेसम्म औपचारीक जानकारी दिएको छैन ।


