भारतीय बजारमा कम्प्याक्ट सेडान कारहरूको माग निकै राम्रो रहेको छ । मारुती सुजुकी, होन्डा, टाटा, हुन्डाईलगायतका अटो निर्माता कम्पनीले उत्पादन गरेका कम्प्याक्ट सेडान कारहरू सर्वाधिक बिक्री हुने कारको सूचीमा परेका छन् । अझै भनौँ, ग्राहकहरूलाई आकर्षित गर्न यी कम्पनीहरू सदावहाररुपमा सफल भएका छन् ।
गत अक्टोबरमा यी ब्रान्डहरूले आफ्ना कम्प्याक्ट सेडान कार बिक्री गर्न निकै कडा प्रतिस्पर्धा गरे । ग्राहकको रोजाईमा मारुती सुजुकी, होन्डा, हुन्डाईलगायतका ब्रान्डहरू पर्न सफल भए ।
कम्प्याक्ट सेडानहरूमा मारुती डिजाएर सधैँ अग्रपङ्क्तिमा रहेको छ । भारतीय बजारमा अत्याधिक रुचाइएको मारुती डिजाएरले गत अक्टोबरमा १७ हजार ४०४ यूनिट बिक्री गर्दै वेस्ट–सेलिङ्ग लिस्टको पहिलो नम्बरमा नाम दर्ता गराउन सफल भएको छ । यस कम्प्याक्ट सेडानसँग अहिलेसम्म अरू कुनै ब्रान्डका कम्प्याक्ट सेडानहरूले प्रतिस्पर्धा गर्न सकेका छैनन् ।
मारुती डिजाएरको तुलनामा होन्डाको अमेज, हुन्डाई एक्ससेन्टलगायतका अन्य कम्प्याक्ट सेडान कारहरूहरूको बिक्री दर धेरै कम रहेको छ । यद्यपि, अक्टोबर–२०१७ को तुलनामा अहिले यस कम्प्याक्ट सेडानको बिक्रीमा गिरावट आएको छ ।
अक्टोबर–२०१७ मा २० हजार ६१० यूनिट बिक्री भएको डिजाएर अहिले १७ हजार ४०४ यूनिट बिक्री भएको छ । पहिलेको तुलनामा अहिले मारुती डिजाएरको बिक्री १६ प्रतिशतले कम भएको छ ।
त्यस्तै, होन्डा अमेजले अक्टोबर महिनामा ५ हजार ५४२ यूनिट बिक्री गरी वेस्ट–सेलिङ्ग लिस्टको दोस्रो नम्बरमा नाम दर्ता गराएको छ । अक्टोबर–२०१७ मा यसले १ हजार ८४५ यूनिट बिक्री गरेको थियो । गतवर्षको तुलनामा यो अक्टोबरमा होन्डा अमेजले २०० प्रतिशतले आफ्नो बिक्री बढाएको छ ।
हुन्डाई एक्सेन्टले यो अक्टोबर महिनामा ३ हजार १४३ यूनिट बिक्री गरी वेस्ट–सेलिङ्ग लिस्टको तेस्रो नम्बरमा परेको छ । गतवर्ष ३ हजार ४९२ यूनिट बिक्री गरेको यो कम्प्याक्ट सेडान कारको बिक्रीमा अहिले गिरावट आएको हो । पहिलेको तुलनामा अहिले यो कारको बिक्रीमा १० प्रतिशतले कमी आएको छ ।
कम्प्याक्ट सेडानमा अर्को कार टाटा टिगोरले अक्टोबरमा २ हजार ९२७ यूनिट बिक्री गर्दै वेस्ट–सेलिङ्ग लिस्टको चौथो नम्बरमा सूचीवद्ध भएको छ । अघिल्लो वर्ष यसले १ हजार ९४५ यूनिट बिक्री गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस कम्प्याक्ट सेडान कारले अहिले ५० प्रतिशतले बिक्री बढाएको छ ।
त्यस्तै, २ हजार ५२० यूनिट बिक्री गर्दै फोर्ड एस्पाइरले वेस्ट–सेलिङ्ग लिस्टमा पाँचौँ स्थान बनाउन सकेको छ । अघिल्लो वर्षको अक्टोवरमा यसले २ हजार १२० यूनिट बिक्री गरेको थियो । अघिल्लो वर्षको तुलनामा अहिले यसले आफ्नो बिक्रीमा १६ प्रतिशतले बिक्री गरेको छ ।
त्यस्तै, टोयोटा ईटीओस्, भीडब्ल्यू–अमेओ, टाटा जेस्टलगायतका कम्प्याक्ट सेडानहरूले भारतीय बजारमा खस्कँदो व्यापार गरिरहेका छन् ।
२०१७ अक्टोबर र २०१८ अक्टोबरको बिक्री यूनिट
|
ओईएम |
मोडल |
अक्टोबर—२०१८ |
अक्टोबर—२०१७ |
ग्रोथ (%) |
|
मारुती |
डिजाइर |
१७४०४ |
२०६१० |
–१६% |
|
होन्डा |
अमेज |
५५४२ |
१८४५ |
२००% |
|
हुन्डाई |
एक्ससेन्ट |
३१४३ |
३४९१ |
–१०% |
|
टाटा |
टिगोर |
२९२७ |
१९४५ |
५०% |
|
फोर्ड |
एस्पाइर |
२५२० |
२१८० |
१६% |
|
टोयोटा |
ईटीओस |
१६७७ |
२४४० |
–३१ |
|
भीडब्ल्यू |
अमेओ |
९२३ |
१२२४ |
–२५% |
|
टाटा |
जेस्ट |
८९६ |
१८७४ |
–५२% |


