सुरक्षामा नेक्सन फेसलिफ्ट पनि अब्बल, पायो ‘फाइभ स्टार रेटिङ’

काठमाडौं । टाटा नेक्सन फेसलिफ्टले पनि ग्लोबल एनक्यापले प्रयोगमा ल्याएको नयाँ प्रोटोकल अनुसार परिक्षण गर्दा ‘फाइभ स्टार सेफ्टी रेटिङ’ पाउन सफल भएको छ ।

यसअघि २०१८ मा भएको ग्लोबल एनक्याप टेष्टमा पनि नेक्सनले फाइभ स्टार रेटिङ पाउन सफल भएको थियो । नेक्सन भारतीय कार निर्माताको पहिलो ५ स्टार पाउन सफल मोडल पनि हो ।

फेसलिफ्ट नेक्सनको इन्टरनल कम्बस्चन इन्जिन भएको भर्सन परिक्षण गर्दा यसले निकै उत्कृष्ट नतिजा प्राप्त गरेको हो । यसले अधिकतम ३४ अंकको एडल्ट प्यासेन्जर सुरक्षामा ३२.२२ अंक ल्याएको छ । साथै, चाइल्ड यात्रु सुरक्षामा ४९ अंकमा ४४.५२ अंक ल्याएको हो । त्यसैले पहिलो पटक एडल्ट र चाइल्ड दुबै सुरक्षामा नेक्सन खरो उत्रिएको छ ।

‘सेफर कार फर इन्डिया’ नारासहित सुरु भएको ग्लोवल एनक्याप परिक्षणमा आफ्नो उत्पादनले राम्रो नतिजा ल्याएको बताउँदै टाटा मोटर्स प्यासेन्जर भेहिकल यूनिटका चिफ प्रोडक्ट अफिसर मोहन सभार्करले भने, ‘हाम्रा उत्पादनले राम्रो नजिता ल्याइरहेको छ । अब चाँडै भारत एनक्यापमा पनि परिक्षण हुन्छ । साथै, नेक्सन ईभीको पनि क्र्यास टेष्ट गदैर्छौ ।’

टाटाले ल्याएको एकपछि अर्को उत्पादनले ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाइरहेको छ । सफारी, ह्यारीयर, पन्च जस्ता मोडलले सुरक्षामा अब्बल रिजल्ट पाउन सफल भएका हुन् ।


Back_to_top