काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लगेसँगै गाडी किन्नेलाई कम ब्याजदरको स्कीम दिन थालिएको छ । फक्सवागेनको आधिकारीक वितरक पुजा इन्टरनेशनले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने स्कीम ल्याएको हो ।
कम्पनीले आफ्नो मिडसाइज एसयूभी टाइगुन अल स्पेशमा हट ह्वील अफर ल्याएको छ । उक्त अफर अन्तर्गत फक्सवागेनका एसयूभीहरु टिगवान र टाइगुन खरिद गर्न चाहने ग्राहकले ५ वर्षको लागि परिवर्तन नहुने ६.९९ प्रतिशतमा कर्जा सुविधा पाउने छन् ।
अहिले बैंकको वेसरेट भन्दा पनि कम ब्याजदर अफर गरेको हो । कम्पनीका अनुसार विभिन्न बैकहरुसँग सहकार्य गरेर उक्त स्कीम तयार पारिएको हो ।
ब्याजदरसँगै कम्पनीले आफ्नो पुरानो गाडीसँग सट्टा पट्टा गर्न चाहने ग्राहकको लागि एक्चेन्ज बोनस ५ लाखसम्म दिन लागेको छ । प्रत्येक टिगुवान र टाइगुन एसयूभीको खरिदमा फ्रि एसोसरीजका साथै ४ वर्षसम्म फ्रि कन्जुमेवल पार्टस् समेत दिने अफर दिएको हो ।
कम्पनीले लुब्रिकेन्ट, एयर फिल्टर, ब्रेक प्याड, आयल फिल्टर जस्ता कन्जुमेवल पार्टसहरु ४ वर्षसम्म निःशुल्क फेरिदिने जनाएको छ ।
फक्सवागेन टिगुवान अल स्पेश मेक्सीको प्लान्टमा बनेको एसयूभी हो । टाइगुन एसयूभी भने भारतमा उत्पादन भएको मोडल हो । टिगुवानमा २.० लिटर, टीएसआई इन्जिन छ । टाइगुन एसयूभीमा भने १.० लिटर टीएसआई इन्जिन पाउन सकिन्छ ।


