काठमाडौं । सुपर शोकोले नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले नक्साल ग्रैहीधारामा नयाँ शोरुम संचालनमा ल्याएको हो ।
यसअघि कम्पनीले काठमाडौंको लाजिम्पाट, ग्वार्को, विरगंज, इनरुवा, इटहरी, बुटल लगायतका स्थानमा सुपर शोकोको शोरुम संचालन गर्दै आएको छ ।
ग्राहकको आकर्षण इलेक्ट्रीक स्कुटरमा बढ्दै गएको कारण ग्राहकहरुलाई गुणस्तरीय स्कुटर उपलब्ध गराउने उद्धेश्यसहित नयाँ शोरुम संचालनमा ल्याएको कम्नपीले जनाएको छ ।
सुरप शोकोले ४ भेरियन्टका इलेक्ट्रीक मोटरसाइकल र तीन मोडलका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले १ लाख ९० हजार रुपैयाँको स्कुटरदेखि ५ लाख रुपैयाँसम्मका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।


