यस्तो छ रेनोको इलेक्ट्रीक ह्याचव्याक कार

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोको भगिनी ब्राण्ड डासियाले ह्याचव्याक इलेक्ट्रीक कार स्प्रिङ बजारमा ल्याएको छ । कम्पनीले स्प्रिङ ईभीलाई अपग्रेड गरेर बजारमा ल्याएको हो ।

कम्पनीले सन् २०२१ मा पहिलो पटक ल्याएको स्प्रिङ ईभी रेनो क्वीडमा आधारित रहेको छ । चीनमा रेनोले बिक्री गर्ने ‘केजेडइ’ कै डिजाइनमा स्प्रिङ तयार भएको हो ।

रेनोले ल्याउन लागेको नयाँ जेनेरेशन डस्टरको जस्तै फ्रन्ट लुक्स दिएको स्प्रिङ ईभीमा स्लीम होरिजेन्टल एलइडी डीआरएल रहेको छ । अगाडि ग्रिलमा चार्जिङ पोर्ट दिइएको छ भने मेन हेडल्याम्प तल्लो बम्परमा राखिएको छ ।

यूरोपियन बजारमा लन्च बिक्री सुरु भएको नयाँ स्प्रिङ ईभीमा एडास सेफ्टी फिचर उपलब्ध छ । यसमा स्ट्याण्डर्ड फिचरको रुपमा ड्यूल एयरब्याग, एबीएस पाउन सकिन्छ । कम्पनीले यसको ड्यासबोर्डमा १०.१ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट स्कृन दिएको छ ।

४५ देखि ६५ हर्सपावर क्षमताका सिंगल इलेक्ट्रीक मोटर दिएको स्प्रिङ ईभीमा २६.८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसलाई सिंगल चार्जमा २२० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

रेनो ब्राण्ड नेमबाट भारतीय बजारमा उत्पादन हुने सम्भावना रहेको यो मोडलको विषयमा चर्चा सुरु भएको छ । डासियाकै डस्टर जस्तै स्प्रिङ ईभीपनि सन् २०२५ मा भारतमा बिक्री सुरु हुनसक्ने बताइन्छ ।


Back_to_top