काठमाडौं । दुई लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बिक्री हुँदै आएको बजाज पल्सर १२५ ले एक लिटर पेट्रोलले ७८ किलोमिटर माइलेज दिएको छ ।
बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले गराएको ‘बजाज माइलेज क्याम्पेन’मा पल्सर १२५ ले एक लिटर पेट्रोलले ७८ किलोमिटर माइलेज दिएको दावी गरेको हो ।
बजाजले भैरहवा डिलरसँगको सहकार्यमा गरेको उक्त माइलेज चेक कार्यक्रममा सहभागी मध्ये शालिकराम देबकोटाले चलाएको पल्सर १२५ ले ७८ किलोमिटर माइलेज दिएको कम्पनीले जनाएको छ ।
दोस्रो हुने राम शंकर जैशवालले ७४ किलोमिटर माइलेज पाएका थिए भने ७३ किलोमिटर माइलेजका साथ हरिबहादुर कनुवार तेस्रो भएका थिए ।
चालकहरुले पल्सर मोटरसाइकलले पनि यति धेरै माइलेज दिन्छ भनेर कहिल्यै विश्वास नगरेको र आफैले चलाउँदा छक्क परेको बताएका थिए । कम्पनीले तराईको समथर भागमा मोटरसाइकलको माइलेज चेक गरेको हो ।
धेरै माइलेज दिएको १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।


