सुजुकीले तयार गर्दै इलेक्ट्रीक एमपीभी

काठमाडौं । भारतको सबैभन्दा ठूलाे अटोमोवाइल कम्पनी मारुती सुजुकीले ‘न्यू इनर्जी भेहिकल टेक्नोलोजी’मा आधारित धेरैवटा मोडल तयार गर्दैछ । कम्पनीले सिरिज हाइब्रिड पावरट्रेनमा बलेनो, फ्रङ्कस, स्वीफ्ट जस्ता मोडल ल्याउँदैछ ।

सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी ‘इभीएक्स’ यसै वर्षको अन्त्यसम्म बजारमा ल्याउँदै छ । कम्पनीले यसअघि नै सन् २०३० सम्मको समयसीमा तोकेर ८ वटा नयाँ ईभी ल्याउने घोषणा गरेको थियो ।

कम्पनीको घोषणा अनुसार नै नयाँ एमपीभी कम्पनीले ल्याउने भएको हो । उक्त एमपीभी अहिले ‘वाईएमसी कोड नेम’ दिएर विकास भइरहेको छ । यसलाई सन् २०२६ को सेकेन्ड हाफमा लन्च गर्ने कम्पनीले जनाएको छ ।

मारुती सुजुकी र टोयोटाको जोयन्ट भेन्चरमा विकास भएको वर्न इभी प्ल्याटफर्म २७ पीएल स्केटबोर्ड आर्किटेक्चरमा नै निर्माण हुनेछ । यो मारुती सुजुकीको पहिलो इलेक्ट्रीक एमपीभी हुनेछ ।

यो एमपीभीको स्पेशीफिकेसनको बारेमा आधिकारीक जानकारी बाहिर नआएता पनि यो एमपीभीमा पनि इभीएक्समा जस्तै ४० किलोवाट आवर र ६० किलोवाट आवरको ब्याट्री अप्सन हुने अनुमान गरिएको छ ।


Back_to_top