नेपालीको पहिलो रोजाई एसयूभी, यस्तो छ बजार हिस्सा

काठमाडौं । एसयूभीको बिक्री निरन्तर बढ्दै गएको छ । विगत एक ( बिक्रम सम्वत २०७९ चैत १ गतेदेखि २०८० फागुन मसान्तसम्मको अवधिमा १० हजार ७८२ यूनिट कार आयात भएका छन् । त्यसमा एसयूभीको आयात ७ हजार ६६ यूनिट भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

यस अवधिमा सबैभन्दा धेरै साना कम्प्याक्ट एसयूभीको आयात ६ हजार २१३ यूनिट रहेको छ । त्यसपछि मिड साइज एसयूभी ७८६ यूनिट र ठूला एसयूभी तथा एमपीको आयात २०० यूनिट भएको देखिन्छ ।

समग्र आयातको ६५ प्रतिशत एसयूभी आयात हुँदा दोस्रो स्थानमा ह्याचव्याक सेग्मेन्ट रहेको छ । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध सबै क्याटगोरी जोड्दा २७ प्रतिशत हाराहारी देखिन्छ । त्यसपछि बाँकी ८ प्रतिशत आयात सबै किसिमका सेडान कारको देखिन्छ ।

ह्याचव्याक सेग्मेन्टमा टियागो, डल्फीन, ग्राण्ड आई र स्वीफ्टले राम्रो बिक्री पाउँदा सेडानमा टिगोर लगायतका मोडलले राम्रो संख्या पाएको देखिन्छ ।


Back_to_top