तयार भयो भारतकै पहिलो ब्याट्री कम्पनी, यस्तो छ उत्पादन थाल्ने मिति

काठमाडौं । भारतीय ‘गुड इनौज इनर्जी’ कम्पनीले आफ्नो ब्याट्री प्लान्ट लगभग तयार भएको जनाएको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ब्याट्री प्लान्ट तयार भएको जनाएको हो ।

कम्पनीले भारतको उत्तरीराज्य जम्मु एण्ड कास्मिरमा तयार पारेको ब्याट्री इनर्जी स्टोरेज गिगाफ्याक्ट्रीबाट अक्टोबरमा उत्पादन थाल्ने जानकारी दिएको हो ।

कम्पनीका अनुसार अहिले उत्पादन सुरू भएसँगै वार्षिक ५ मिलियन टन कार्बन उत्सर्जन कम गर्नेछ । भारतले सन् २०७० मा नेट जिरो इमिशनमा पुग्ने लक्ष्य लिएको हो । त्यही अनुसार कम्पनीले उत्पादन बढाउँदै लैजाने योजना बनाएको हो ।

‘गुड इनौज इनर्जी’ कम्पनीले अहिले १.५ अर्ब भारतीय रुपैयाँ लगानी गरेर ब्याट्रीको लागि गिगाफ्याक्ट्री बनाएको हो । अहिले उक्त प्लान्टबाट सुरूमा ७ गिगावाट पर आवर (जीडब्लूएच) सम्म उत्पादन हुन्छ । त्यसपछि सन् २०२७ सम्ममा २० गिगावाट पर आवर र सन् २०३० बाट १७८ गिगावाट ब्याट्री उत्पादन गर्ने लक्ष्य लिएको हो ।

सरकारको योजना अनुसार अगाडि जानसके कम्पनीले ५०० गिगावाट ब्याट्री उत्पादन गर्न सक्नेगरी आफूलाई तयार गर्दै लानेछ ।


Back_to_top