नेपाल आउने भयो नयाँ पल्सर, अहिलेको पल्सरभन्दा कति फरक (फोटोमा तुलना)

काठमाडौं । बजाज पल्सर ‘एन १५०’ नेपाल आउने भएको छ । कम्पनीले १५० सीसी सेग्मेन्टमा नयाँ स्पोर्टी डिजाइन भएको पल्सर ल्याउने तयारी थालेको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले पल्सर एन १५० चाँडैनै बजारमा ल्याउने तयारी गरेको हो ।

बजारमा १५० सीसी सेग्मेन्टमा सबैभन्दा धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनीले ग्राहकलाई नयाँ छनोट उपलब्ध गराउन लागेको हो । बजाजको एन सिरिज १६० र २५० बाट प्रेरित डिजाइनमा रहेको पल्सर ‘एन १५०’ले कस्तो व्यापार गर्छ त्यो हेर्न भने बाँकी नै छ ।

अहिले बजाजले पल्सर १५० क्लासिक र ड्यूल डिस्क मोडल बिक्री गर्दै आएको छ । यस्तोमा नेपालकै सर्वाधिक लोकप्रिय पल्सर १५० र एन १५० बीच रहेको भिन्नतालाई तस्बीरमा नियाल्ने प्रयास गरेका छौं ।

१५० सीसी सेग्मेन्टमा नै भएता पनि यी दुबै मोटरसाइकलमा फरक इन्जिन रहेको छ । एन १५० मा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

अहिले बजारमा उपलब्ध पल्सर १५० मा १४९.५ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ यसले १४ पीएस पावर तथा १३.२५ एनएम टर्क जेनेरेट गर्छ ।

एन १५० युवा ग्राहक लक्षित एग्रेशिभ डिजाइनमा छ भने, पल्सर १५० पारिवारीक मोटरसाइकल हो ।


Back_to_top