विल्कुलै नयाँ देखियो निसान किक्स, यस्ता छन् फिचर

काठमाडौं । सन् २०१९ को जनवरीमा पहिलो पटक सार्वजनिक भएको निसान किक्सको नयाँ जेनेरेशन मोडल बाहिर आएको छ । भारत लगायतका देशलाई ध्यानमा राखेर तयार परिएको किक्स एक कम्प्याक्ट एसयूभी हो ।

भारतीय बजारमा राम्रो पर्फमेन्स गर्न नसकेपनि अन्तर्राष्ट्रिय बजारमा किक्सले राम्रो बिक्री पाइरहेको छ । विशेषत ब्राजिल र नर्थ अमेरिकी बजारमा किक्सको माग उच्च छ ।

निसानले सन् २०२४ मा हुने ‘न्यूयोर्क मोटर शो’मा देखाउने तयारी गरेको नयाँ जेनेरेशन किक्सको बाहिर ल्याएको हो । निसानले यसलाई पहिलाकोभन्दा ठूलो साइजमा ल्याउन लागेको हो ।

नयाँ किक्सको लम्बाई पहिलेभन्दा ५६ एमएम बढाएर ४३६६ एमएम बनाइएको छ । यसको चौडाई पनि ४० एमएमले बढाएर १८०० एमएम र उचाई पनि २० एमएमले बढाएर १६३० एमएम बनाइएको छ ।

निसानले यसको ह्वीलवेस पनि ३६ एमएमले बढाएर २६५६ एमएम बनाएको छ । निसानका अनुसार नयाँ किक्सनमा ३८ एमएमले सोल्जर स्पेश र २२ एमएमले रियर प्यासेन्जर लेगस्पेश बढाइएको छ ।

नयाँ किक्सको एक्सटेरियरमा कम्मेटिक र फङसनल अपडेट भएको छ । यो एसयूभी मित्सुबीशीको एक्स फोर्स बनेकै प्लेटफर्ममा निर्माण भएको हो । स्पोर्टी कुप्पे स्टाइलको स्लोपिङ रुफलाइन दिएको किक्सको फ्रन्ट फेसियामा होरीजेन्टल ग्रिल, होरिजेन्टल नै डिजाइनको एसइडी डीआरएल रहेको छ । हेडल्याम्प भने स्लीक डिजाइनको बोनेटको बोर्डरमा दिएको छ ।

सेकेन्ड जेनेरेशन किक्सको रियरमा भर्टिकल पोजीसन भएको एलइडी हेडल्याम्प दिएको छ । यसको टप स्पेकमा १९ इन्चको अलोय ह्वील, ठूलो साइजको ह्वीलआर्क र बाक्लो क्लाडिङ दिएको छ ।

निसानले नयाँ जेनेरेशन किक्समा नयाँ डिजाइनको स्टेरिङ ह्वील, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, वायरलेस फोन चार्जिङ प्याड, बोसको प्रिमियम स्पीकर, पानारोमिक सनरुफ दिएको छ ।

सुरक्षाका लागि यो नयाँ एसयूभीमा निसान सेफ्टी सिल्ड ३६० एडास सुइट र ३६० डिग्री क्यामरा पाउन सकिन्छ ।


Back_to_top