सौराहको मोनालिसा होटलमा बस्दा ईभी चार्ज निःशुल्क

काठमाडौं । चितवनको सौराहास्थित होटल मोनालिसाले निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराउने भएको छ । होटलले ग्राहकलाई आकर्षित गर्न निःशुल्क ईभी चार्जिङ सुविधाको अफर ल्याएको हो ।

होटलमा कुनै किसिमको चार्जर भने जडान भएको छैन । तर, आफ्नै ७ किलोवाटसम्मको चार्जर लिएर आउनेले भने आफ्नो गाडी चार्ज गर्न पाउने छन् ।

‘हामीसँग चार्जर गन छैन । चार्जर जोड्न निकालिएका प्लगहरू छन् । जुनसुकै ईभी ल्याए पनि त्यसमा रहेको ७ किलोवाटसम्मको चार्जर यहाँ प्रयोग गर्न सकिन्छ,’ होटल स्रोतले भन्यो ।

एक पटकमा ४ वटासम्म गाडी चार्ज गर्न सकिने गरी पार्टहरू निकालिएको होटलले जानकारी दिएको छ ।

खानाबस्नको राम्रो व्यवस्था रहेको होटलले जनाएको छ । अहिले होटलले ४ हजार ५०० रुपैयाँमै दुई जनाको लागि बेड र ब्रेकफास्टको व्यवस्था गरेको छ । स्वीट रूममा चाहनेहरूले १२ हजार रुपैयाँसम्म तिरेर बस्न सक्नेछन् ।


Back_to_top