दुई वर्षपछि गाडी किन्न एकल अंकमा ब्याजदर

काठमाडौं । सवारीसाधन किन्न लिइने ब्याजदर दुई वर्षपछि एकल अंकमा झरेको छ । यसअघि २०७८ कार्तिकसम्म एकल विन्दुमा रहेको ब्याजदर बढेर १५ प्रतिशतसम्म पुगेको थियो ।

निरन्तर ब्याजदर ओरालो लागेसँगै कर्जाको ब्याजदर पनि घट्दै गएको हो । बैंकहरुले निक्षेपमा दिने ब्याजदर यसअघि नै एक अंकमा झरेको थियो । अहिले बैंकहरुको आधारदर (वेसरेट) एक अंकलमा झरेसँगै कर्जामा पनि ब्याजदर घटेको हो ।

नेपाल राष्ट्र बैंकले सातामा दुईदेखि तीन दिनसम्म बोलकवल गरेर वित्तीयसंस्थाबाट निक्षप तानिरहेको छ । यसरी तानिएको रकममा ३ प्रतिशत मात्रै ब्याज प्रदान गर्ने भएको कारण बैंकहरुले वेसरेटमा थोरै जोडेर कर्जा दिन थालेका हुन् ।

ग्लोवल आईएमई बैंकले ९.४९ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराएर बजारमा आफुलाई अटोकर्जाको लागि सम्झने बैंक बनाएको छ । राष्ट्रिय बाणिज्य बैंकले त असोज÷कार्तिकमा नै एकल अंक ब्याजदरमा कर्जा उपलब्ध गराएको थियो ।

यी बैंकको अलावा अहिले एभरेष्ट बैंक, नेपाल बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक लगायतले १० प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिन सक्नेछन् ।

अर्थतन्त्रमा देखिएको लामो सिथिलतासँगै बैंकिङ प्रणालीमा तरलता थुप्रिदा बैंकहरुले अटो लोन र हाउजिङ लोनमा ब्याजदर कम गर्दै लगेका छन् । यसले नयाँ गाडी र घर किन्न चाहनेलाई फाइदा पुग्ने देखिन्छ ।


Back_to_top