महिन्द्राले ल्यायो ट्रियो इलेक्ट्रीक, पाँच जनाले सहजै यात्रा गर्न सक्ने

महिन्द्रा इलेक्ट्रीककोे तिन पाङ्ग्रेको सवारीसाधन ट्रियो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो तीनपाङ्ग्रे इलेक्ट्रीक सवारीसाधनलाई दुई मोड र चार भेरिएन्टमा सार्वजनिक गरेको हो । 

कम्पनीले ट्रियो र ट्रियो यारी गरि दुई माडल सार्वजनिक गरेको हो । ट्रियोमा एसएफटी र एचआरटी दुई भेरिएन्ट छन् भने, ट्रियो यारीमापनि एसएफटी र एचआरटी भेरिएन्टमा उपलब्ध रहेको छ । कम्पनीले ल्याएको एसएफटी सफ्ट टप मोडल हो भने एचआरटी हार्डटप मोडल हो ।  

यी दुवै इलेक्ट्रीक अटोमा कम्पनीले पहिलोपटक टप वेदरप्रुफ फिचर उपलब्ध गराएको छ । कम्पनीले ट्रियो रेन्जमा आफ्नै इलेक्ट्रीक पावरट्रेन र मेन्टिनेन्स फ्रि लिथिएम आयन ब्याट्रीको प्रयोग गरेको छ ।

एक पटक फुलचार्ज गर्न यसलाई ३ घन्टा ५० मिनेटको समय लाग्ने छ भने, टप भेरिएन्टको टप स्पीड ४५ किलोमिटर प्रतिघन्टा र लोकष्ट भेरिएन्टको २५ किलोमिटर प्रतिघन्टा रहेको छ । चारवटै भेरिएन्टमा हलुका खालका प्रविधी र कम्पोजिट बडी प्यानल दिइएकोले यसले राम्रो माइलेज दिने छ । 

यसमा दिइएको २ किलोवाट क्षमताको मोटरले १७.५ एनएम टर्क प्रदान गर्छ । यी दुईवटै मोडलमा ५ जनाले सहजै यात्रा गर्न सक्ने जनाइएको छ । यात्रुहरुको सहजताका लागि इन्टेरियर निकै ठुलो बनाइएको छ भने चालकका लागि क्लच-लेस, नोइज-लेस तथा भाइब्रेसन नआउने बनाइएको दाबी कम्पनीले गरेको छ । 

कम्पनीले यसको मूल्य १ लाख ३६ हजार देखि २ लाख २२ हजार भारतीय रुपैयाँसम्म रहेको जनाएको छ । 


Back_to_top