मर्सिडिजले भारतमा ल्यायो CLS-300D, २५० किमी प्रतिघन्टाको रफ्तार

मर्सिडिज बेन्जले भारतीय बजारमा थर्ड जेनेरेशन सिएलएस ३०० डी सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा यसको सुरुवाति मूल्य ८४ लाख ७० हजार भारतीय रुपैयाँ तोकेको छ । यसको सिधा प्रतिस्पर्धा बिएमडब्ल्यु ६ सिरिजसँग हुनेछ ।

जर्मन अटो उत्पादक कम्पनीले आफ्नो नयाँ सिएलएसमा फरक लुक्स दिएको छ । नयाँ ग्रिल र आक्रमक हेडल्याम्पले गाडीलाई निकै ग्रान्ड बनाएको छ । पाँच स्पोक १५ इन्च एलोय ह्वील दिइएको गाडीमा कुपे टेलल्याम्प दिइएको छ ।

यसमा दिइएको जेट टर्वाइन एसी भेन्ट र हाई क्वालिटी ड्यासबोर्डले इन्टेरियरलाई उत्कृष्ट बनाएको छ । ठूलो इन्फोटेन्टमेन्ट सिस्टमले गाडीमा नयाँ फिल गर्न सकिने छ ।

युरो ६ मापदन्डको २.० लिटर इन्जिन दिइएको यो गाडीले ० देखि १०० किलोमिटरको स्पीड भेट्न ६.२ सेकेन्ड मात्र लगाउने छ । उक्त इन्जिनले २४२ बीएचपी पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ । गाडीको टप स्पीड २५० किलोमिटर प्रतिघन्टा रहेको छ । 


Back_to_top