फक्सवागेन जुट्यो ईभी निर्माणमा, दुई वर्षमा १५ मिलियन कार उत्पादन गर्ने

बढ्दो वातावरण प्रदुषण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अटो निर्माताहरुले इलेक्ट्रीक सवारीसाधानलाई बढावा दिइररहेको समयमा सन् २०२० सम्ममा १ करोड ५० लाख युनिट इलेक्ट्रीक कार उत्पादन गर्ने महत्वाकांक्षी योजना फक्सवागेनले अगाडि ल्याएको छ ।  

फक्सवागेनले २०२० सम्ममा अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गर्ने गरि १ करोड ५० लाख इलेक्ट्रीक कार निर्माण गरिरहेको जनाएको छ । कम्पनीले यी कारहरु नयाँ इलेक्ट्रीक भेइकल प्रोडक्सन प्लेटफर्ममा निर्माण गरिरहेको जनाएको हो ।

अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार, कम्पनीले अहिले व्याट्री सोर्सिङको काम गरिरहेको छ । एमइबी इलेक्ट्रीक कार म्यानुफ्याक्चरीङ प्लेटफर्ममा कार निर्माण गर्नु नै कम्पनीको दिर्घकालीन लक्ष्य रहेको जनाएको छ ।  

केही समयअघि मिडियामा फक्सवागेनले केही भित्र सार्वजनिक गर्नेगरी ५ करोड युनिट इलेक्ट्रीक कार बनाइरहेको जनाएका थिए । तर, यसको खन्डन गर्दै कम्पनीका चिफ एक्सक्युटिभ हर्वर्ट डेसले आफुहरुले सन् २०२० सम्ममा जम्मा १ करोड ५० लाख इलेक्ट्रीक कारहरु मात्रै बजारमा ल्याउन लागेको बताएका छन् ।


Back_to_top