सिट्रोन सीथ्रीको ब्लू एडिसन सार्वजनिक, मूल्य पनि घट्यो

काठमाडौं । सिट्रोन इन्डियाले तेस्रो वर्ष पुरा गरेको अवसर पारेर नयाँ स्पेशल एडिशन भारतमा सार्वजनिक गरेको छ । कम्पनीले ब्लू एडिशन सीथ्री र ईसीथ्री सार्वजनिक गरेको हो ।

नयाँ एडिशनसँगै खुसीयालीको समय भन्दै मूल्य पनि घटाएको हो । यसअघि बिक्री गर्दै आएको सीथ्रीको मूल्य ६ लाख १६ हजारदेखि ९ लाख ८ हजारसम्म थियो ।

त्यसैगरी केही महिना अघि भारतमा बिक्री सुरु भएको सीथ्री एयरक्रस मोडलको मूल्य १० लाखदेखि १४ लाख २७ हजारसम्म रहेकोमा कम्पनीले घटाएको हो । घटेको मूल्य अनुसार सीथ्रीको ५ लाख ९९ हजारबाट सुरु हुन्छ । त्यस्तै कम्पनीले सीथ्री एयरक्रसको मूल्य ८ लाख ९९ हजारबाटै सुरु गरेको हो ।

सिट्रोनले अहिले नेपालमा समेत बिक्री गर्दै आएको सीथ्री र ईसीथ्रीको नयाँ ब्लू एडिशन सार्वजनिक भएको हो । जसमा ब्लू कलर धेरै स्थानमा प्रयोग भएको छ । बाहिरी डिजाइनमासँगै गाडी भित्रपनि ड्यूल टोन कलर प्रयोग गरिएको हो ।

कलरको अलावा एयर प्यूरिफायर, इल्मुनेटेड कप होल्डर, सिल प्लेट र स्पेशल एडिशन झल्काउने सिटहरु दिइएको छ । कम्पनीले नयाँ एडिशनको मूल्यको विषयमा भने केही जानकारी दिएको छैन ।

यसअघि कै इन्जिन, मोटर, ब्याट्री लगायतमा नयाँ एडिशन उपलब्ध हुनेछ ।


Back_to_top