बैशाखबाटै बिक्री सुरु हुँदै ५ नयाँ मोटरसाइकल

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातमै नेपाली बजारमा ४ नयाँ मोटरसाइकल तथा स्कुटर आउने भएको छ । बजाज, हिरो तथा सीएफ मोटोका नयाँ मोटरसाइकल नेपाल आउने भएको हो ।

सीएफ मोटोले ३ मोडलका साथै बजाजले १ र हिरोले १ नयाँ मोटरसाइकल नयाँ वर्षको लगत्तै सावजनिक गर्ने भएका हुन् ।

सीएफ मोटोको नेपालमा लागि आधिकारि विक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले तीन मोटरसाइकल अप्रिल २२ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले सीएफ मोटोका २५० एनके, ४५० एनके तथा २५० अबको १० दिन पश्चात नेपाली बजारमा सार्वजनिक गर्नेछ । कम्पनीले अपडेट सहितको मोटरसाइकल ल्याउने बताएको छ भने अन्य जानकारी बाहिर ल्याएको छैन ।

त्यस्तै, बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले पल्सर एन १५० नयाँ वर्ष लगत्तै सार्वजनिक भएको छ । हालसम्म कम्पनीले सार्वजनिक गर्ने मिति तय गरेको छैन् तर, बैशाख अन्तिमसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनी स्रोतका अनुसार पल्सर एन १५० सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अबको केही दिनमा नै पल्सर एन १५० सार्वजनिक हुनेछ ।

सीएफ मोटोका २५० एनके, ४५० एनके तथा २५०

त्यसैगरि, लामो समयदेखि विक्री बन्द रहेको हिरो मोटरसाइकलको विक्री सुरु हुने भएसँगै सिजी मोटर्सले १ नयाँ मोडलका साथै तीन अन्य मोडलका मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार बैशाख ३ गतेदेखि मोटरसाइकल तथा स्कुटरको विक्री सुरु हुनेछ । कम्पनीले नयाँ मोडलको रुपमा हिरो जुम ११० स्कुटर सार्वजनिक गर्नेछ भने एक्सपल्स २००, स्प्लेन्डर र सुपर स्प्लेन्डर सार्वजनिक गर्नेछ । दुई भेरियन्टमा पहिलो पटक सार्वजनिक हुन लागेको जुम १२५ को मूल्य २ लाख ४९ हजार र २ लाख ५० हजार रुपैयाँ हुनेछ ।


Back_to_top