काठमाडौं । हुन्डाई मोटर्सले भारतीय बजारमा सर्वाधिक सफल कम्प्याक्ट एसयूभी क्रेटाको इलेक्ट्री मोडल सार्वजनिक गर्ने तयारीलाई तिब्र बनाएको छ । कम्पनीले २०२४ को अन्तिम क्वाटरमा क्रेटा ईभी बजारमा ल्याउने भएको हो ।
सुरुमा दक्षिण कोरिया र अहिले भारतमा यसको सडक परिक्षणका भइरहेको तस्बिरहरु बाहिर आएका छन् । फेसलिफ्ट क्रेटा केही महिनाअघि मात्रै बजारमा आएको र यसको इन्टेरियरमा ब्यापक परिमार्जन भएको कारण ईभीमा पनि पेट्रोलकै जस्तो इन्टेरियर हुने चर्चा चलिरहेको थियो ।
अहिले वाहिर आएका तस्बिरहरुमा क्रेटा ईभीको इन्टेरियर नयाँ कोना ईभीबाट धेरै अर्थमा प्रभावीत भएको देखिन्छ । क्रेटा ईभीमा नयाँ डिजाइनको थ्री स्पोक स्टेरिङ ह्वील दिइएको छ । जबकी पेट्रोलियम पदार्थबाट चल्ने क्रेटामा फोर स्पोक स्टेरिङ ह्वील छ ।
क्रेटा ईभीमा आयोनीक फाइभको जस्तै गियर सेलेक्टर स्टेरिङ ह्वीलको राइट साइड कोलममा हुनेछ । जसले गर्दा सेन्टर कन्सोलको डिजाइन पूर्णतया नयाँ हुनेछ ।
क्रेटा ईभीमा इन्फोटेन्मेन्ट र इन्ट्रुमेन्ट क्लस्टरको लागि टुइन स्कृन सेटअप हुनेछ । संचालन सुविधाका लागि ड्यासबोर्डमा धेरैवटा फिजीकल कन्ट्रोल बटनहरु रहने छन् ।
एक्टेरियर डिजाइनमा भने धेरै अर्थमा फेसलिफ्ट क्रेटासँग मिल्दो जुल्दो हुने सम्भावना रहेको छ । तर, क्लोज अफ ग्रिल, नयाँ डिजाइनको फ्रन्ट तथा रियर बम्पर, नयाँ डिजाइनको अलोय ह्वीलले ईभीलाई पृथक देखाउने छ ।
हुन्डाइले क्रेटा ईभीलाई ४५ किलोवाट आवरको ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटरमा ल्याउने छ ।

