काठमाडौं । सिट्रोनले भारतमा कार उत्पादन थालेको तीन वर्ष भएको छ । सन् १९१९ मा स्थापना भएको कम्पनीले आफ्नो १०५ वर्षको सेलिब्रेसन गरिरहेको छ ।
कम्पनीले भारतमा उत्पादन थालेको तीन वर्षको अवसरमा ‘नयाँ स्पेशल ब्लू एडिशन’ सार्वजनिक गरेको हो । नेपालमा भने नयाँ वर्ष २०८१ को सुरुवात भएको छ । यी तीन अवसरलाई मध्यनजर गर्दै साँग्रिला मोटर्सले ग्राहकमैत्री अफर ल्याएको जनाएको छ ।
‘तीनवटा खुसी एकसाथ आएको छ । १०५ वर्ष लामो लिगेसी, भारतमा तीन वर्ष पुरा र नेपालमा नयाँ वर्षको अवसर जुरेको छ । यसमा हामी ग्राहकलाई केही बढी फाइदा दिन तयार भएका छौं । मलाई लाग्छ सिट्रोनका पेट्रोल कार र विद्युतीय कार दुबै चढ्न चाहने ग्राहकले यस अवसरको फाइदा लिनु हुनेछ’, साँग्रिला मोटर्सका निर्देशक जय गोल्छाले भने ।
यस्तो छ नयाँ अफर
साँग्रिला मोटर्सले उपलब्ध गराएको पेट्रोल र विद्युतीय कारमा अधिकतम २ लाख ५० हजारसम्म फाइदा पुग्ने अफर दिएका छौं । जसमा उपभोक्ताले आकर्षक नगद छुट, एक वर्षको बीमा, एक्सचेन्ज बोनस र एक वर्षको सवारी करसमेत गरी २ लाख ५० हजारसम्म फाइदा पुग्ने अफर पाउने छन् ।
योसँगै शोरुमहरुमा दैनिक टेष्ट ड्राइभ पनि चलिरहेको छ । कुनै पनि कार किन्न खोज्ने ग्राहकलाई टेष्ट ड्राइभको लागि आमन्त्रण गर्दछौं । प्रत्येक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि उपलब्ध गराउने छौं ।
इन्जिन, मोटर तथा मूल्य
सिट्रोन सीथ्री पेट्रोलमा १.२ लिटर क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ८२ पीएस पावर र ११५ एनएम टर्क प्रदान गर्छ । साथै, इलेक्ट्रीक सीथ्रीमा ४२ किलोवाट क्षमताको मोटर (पीएस ५७) र टर्क १४३ एनएम रहेको छ ।
पेट्रोल सीथ्रीको मूल्य ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ । इलेक्ट्रीक मोडलको मूल्य भने ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
साँग्रिला मोटर्सको बारेमा
गोल्छा अर्गनाइजेशन अन्तर्गतको एक कम्पनी साँग्रिला मोटर्स सन् २०१६ मा स्थापना भएको हो । सुरक्षीत र प्रिमियम गाडी उपभोक्तालाई उपलब्ध गराउने र गाडीका प्रयोगकर्तालाई सहज र सुविधायुक्त सर्भिस प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
गोल्छा अर्गनाइजेशनको युवा पुस्ताको नेतृत्वमा रहेको साँग्रिला मोटर्सले काठमाडौंसहित देशको विभिन्न १० स्थानबाट आफ्नो बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्दै आइरहेको छ । साँग्रिला मोटर्ससँग फ्रेन्च ब्राण्ड सिट्रोन र प्यूजोका उत्पादन छन् ।
काठमाडौ, नारायणगढ, बिरगंज, बिराटनगर, विर्तामोड, बुटवल, दाङ, नेपालगंज धनगढी र पोखरामा शोरुम र सर्भिस सेन्टर उपलब्ध छन् ।

