विभागको वेभसाइट नखुल्दा लाइसेन्स आवेदन दिन समस्या

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अुनमतिपत्र लाइसेन्सको लागि आवेदन खुलाएतापनि सर्भरमा भने समस्या देखा परेको छ । विभागले एचटिटीपिएस (https//)लाई हटाएर डब्लुडब्लुडब्लु डिओटिएम डट जिओभी डट एनपी (www.dotm.gov.np)मार्फत विवरण पठाउँन आग्रह गरेको थियो । 

तर, उक्त सर्भरमा पनि समस्या आएपछि आवेदकले विवरण पठाउँन  पाएका छैनन् । विभागले वेबसाइटलाई सिंहदरबारस्थित सरकारी डेटा सेन्टरमा सारिएकाले एचटिटीपिएस (https//) नखुल्ने बताएको थियो । 

विभागका प्रवक्ता गोकर्ण उपाध्यायले नयाँ वेभसाइटमा समस्या आएकाले विवरण संकलनमा जटिलता आएको बताएका छन् । ‘नयाँ वेभसाइट भएकाले  सर्भरमा समस्या आएको छ । हामी, परिक्षणको क्रममा छौं । एकैपटक सबैले आवेदन पठाउँन लागेकोले यस्तो भएको हो ।’ वेभसाइटमा आएको समस्या तत्काल समाधान गरि विवरण संकलनको काम सुरु गर्ने उनले बताए ।  

हाल, काठमाडौं उपत्यकामा स्वयम्भुको ठूलो र्भयाङ, चावहिल, सुकेधरा, ललितपुरको एकान्तकुना, भक्तपुरको जगाती गरी चार कार्यालयबाट नयाँ लाइसेन्सका लागि अनलाइन आवदेन सकिने छ ।

आवदेकले मोटरसाइकल, स्कुटर, कार र जीपको आवदेन दिन सक्नेछन् । विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरेको छ । 


Back_to_top