काठमाडौं । भारतीय उद्योग परिसंघ सिआइआईले भक्तपुरको सल्लाघारीमा हेभि उपकरण मेला आयोजना गरेको छ । गत विहीबारबाट सुरु भएको प्रदर्शनी‘सीआईआई कन्म्याक २०१८’मा ठूला निर्माण उपयोगी उपकरण राखिएको छ । मंसिर ६ देखि ८ गतेसम्म संचालन हुने उक्त मेलामा १सय ५० बढि प्रदर्शकको सहभागिता रहेको छ । उनीहरुले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गरिरहेका छन् ।



