३५० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक स्कुटरको नेपालमा बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा बिक्री सुरू भएको छ ।

कम्पनीले ३ लाख ६५ हजार रुपैयाँ निर्धारण गरेर उक्त स्कुटरको बिक्री सुरू गरेको हो ।

नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्स्र्पोट प्रालिले ग्यारो ब्रान्डको डीटी ६० स्कुटरको केही दिन अघि बुकिङ खुला गरेको थियो भने धुलिखेल स्थीत डर्ट टेम्पलमा गत शनिबार स्कुटर सार्वजनिक गरेको थियो ।

कम्पनीले दावी गरे अनुसार उक्त स्कुटरले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिन्छ । ग्यारो डीटी ६० मा ४८ भोल्ट १८० एम्पीयर आवर (८.४६ किलोवाट अवार) को लिथियम आयोन ब्याट्री उपलब्ध छ ।

यो स्कुटरमा तीन राइड मोड उपलब्ध छ जसमा इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडलमा २८० किलोमिटर र स्पोर्टस् मोडमा २०० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीको दावी छ ।

यो स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ६८ किलोमिटर प्रतिघन्टाको छ ।


Back_to_top