काठमाडौं । नेपालमा बजाज आरई थ्री ह्वीलरको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपालगञ्जमा बजाज आरई महा टेष्ट ड्राइभ मेला आयोजना गरेको छ ।
गत मंसिर ८ गते कारकाँदोस्थित सडक विभागको चौरमा सम्पन्न उक्त टेष्ट ड्राइभको उद्देश्य बजाज आरईको वारेमा सर्बसाधारणलाई जानकारी दिनु र मनोरञ्जन प्रदान गर्नु रहेको थियो ।
वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ भन्ने मुलनारा लिएर बजाज आरईले टेष्ट ड्राइभ मेला आयोजना गरेको हो ।
बजाज आरईमा गरिएको लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्दछ, शुरुको दिनदेखि नै आम्दानी’ रहेको छ ।
कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्री ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि मेला आयोजना गरेको हो । त्यसैगरी साङ्गीतिक कार्यक्रम, लक्की ड्र, नृत्य प्रस्तुति, नाटक र फुड स्टलको व्यवस्था गरिएको थियो । सर्बसाधारणले कार्यक्रमबाट भरपुर आनन्द उठाएका थिए ।
उक्त समारोहका मुख्य आकर्षणमा प्रसिद्ध गायिका इंदिरा जोशी, प्रसिद्ध गायक काली प्रसाद बास्कोटा, प्रसिद्ध गायक सुरज थापा र प्रसिद्ध कमेडियन राजा राजेन्द्र पोखरेल जस्ता स्टार कलाकारहरु थिए ।
उक्त कार्यक्रममा टेस्ट ड्राइभ गर्ने चालकहरूलाई निःशुल्क खाना र आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।

