आयो महिन्द्रा ‘स्कर्पियो एन’को एड्भेन्चर एडिशन

काठमाडौं । महिन्द्राले आफ्नो चर्चित मोडल स्कर्पियो एनको नयाँ एड्भेन्चर एडिशन बजारमा ल्याएको छ । कम्पनीले साउथ अफ्रिकामा टप स्पेक जेड-८ भेरियन्टमा आधारित रहेर नयाँ एडिसन ल्याएको हो ।

एसयूभी एक्सपर्टको पहिचान बनाएको भारतीय कम्पनीले नयाँ एडिशनलाई रग्ड क्याविलीटी सहितको टेरेन छनोटको सुविधा दिएर ल्याएको हो । फोर वाई फोर सिस्टम उपलब्ध नयाँ एडिशन जस्तोसुकै बाटोको लागि उपयुक्त रहेको छ ।

एड्भेन्चर एडिशनको बाहिरी आवरणमा नयाँ डिजाइनको फ्रन्ट र रियर बम्पर दिइएको छ । नयाँ बम्परसँगै एसयूभीको अप्रोच र डिपार्चरर एङ्गललाई पनि सुधार गरिएको छ ।

नयाँ एडिशनमा १८ इन्चको अलोय ह्वील उपलब्ध छ । ठूलो प्रोफाइलको अलटेरेन टायरले गाडीको रोड प्रेजेन्स निकै बल्की बनाएको छ । यसमा दिएको व्ल्याक फिनिसिङले रग्ड लुक्स दिनुका साथै रुफ र्याकमा भएको व्ल्याक पेन्टसको कम्बीनेशन उत्कृष्ट छ ।

यसमा प्रिफिटेड टोबार, रिकभरी हुक्स, हाइलिफ्ट ज्याकिङ पोइन्ट तथा एक्जुलरी लाइट विन्चले एसयूभीलाई एड्भेन्चर बनाएको छ ।

स्कर्पियो एनको एड्भेन्चर एडिसनमा नर्मल, ग्रास, ग्राभेल, स्नो, मड र स्याण्ड सहितको ६ वटा फरक ड्राइभिङ मोड दिएको छ । अफरोडका लागि मेकानिकल रियर लकिङ डिफ्रेन्सीयल र इलेक्ट्रोनीक ब्रेक लकिङ डिफ्रेन्सीयल तथा हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर छन् ।

महिन्द्रा एसयूभीमा स्ट्याडण्र्ड स्कर्पियो एनको जस्तै २.२ लिटर एमहक डिजेल इन्जिन रहेको छ । उक्त इन्जिनले १७२ ब्रेक हर्स पावर र ४०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । स्कर्पियो एनमा ६ स्पीडको अटोमेटिक गियरबक्स दिएको छ ।


Back_to_top