काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिली होल्डिङको सहायक ब्राण्ड रेडारा अटोको उत्पादन नेपाल आउने भएको छ । कम्पनीको मिडसाइज सेग्मेन्टमा इलेक्ट्रीक पीकअप ट्रक ‘राडार आरडीसिक्स’ नेपाल आउन लागेको हो ।
यसअघि पनि नेपालमा केही संख्यामा जेएसी र म्याक्सस् ब्राण्डका इलेक्ट्रीक पीकअप आएका थिए । अब भने सिजी मोटर्सले प्रिमियम पीकअप नेपाल ल्याउन लागेको हो ।
सन् २०२२ को छेन्दु मोटर शोमा पहिलो पटक देखाएको रेडारा आरडीएक्स पीकअपमा रियर ह्वील सिंगल र ड्यूल मोटर अप्सनमा उपलब्ध छ । यो ईभीमा ६३ र ८६ किलोवाट आवरको दुई साइजको ब्याट्री अप्सन रहेको छ । यसलाई १२० किलोवाटको फास्ट चार्जरले जम्मा ३० मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ । नेपाल कुन ब्याट्री अप्सनमा आउन लागेको हो भन्ने विषय जानकारी प्राप्त भएको छैन ।
पीकअप भएपनि यसको क्याविन एक फेमेली एसयूभीको जस्तो इन्टेलीजेन्ट र कम्फर्ट रहेको छ । इलेक्ट्रीक पीकअपमा रुमी क्याविन, कोजी व्याक रो, कम्फर्टेबल राइड तथा ईजी कन्ट्रोल रहेको छ ।
रेडारा पीकअपमा सुरक्षाका लागि ३६० डिग्री क्यामरा रहेको छ । ड्यूल टोन क्यावीन फुल्ली डिजिटल इन्ट्रुमेन्टल क्लस्टर तथा इन्फोटेन्मेट स्कृन, सनरुफसमेत यसमा पाउन सकिन्छ ।

रेडारा पीकअप एसइए मल्टीप्लेक्स अट्याच प्लेटफर्ममा बनेको हो । यसको लम्बाई ५२६० एमएम, चौडाई १९०० एमएम, उचाई १८३० एमएम रहेको छ । यसमा ३१२० एमएम लामो ह्वील वेस पाउन सकिन्छ । पीकअपको ग्राउण्ड क्लियरेन्स २०० एमएम छ । यसको अप्रोच एङ्गल २२ डिग्री र डिपार्चर एङ्गल २५ डिग्री रहेको छ । यसको पेलोड क्यापासीटी ७७५ केजी तथा टोइङ क्यापासिटी २५०० केजी छ ।
प्रिमियम इलेक्ट्रीक एसयूभी भएको कारण यसको मूल्य ७५ लाखभन्दा माथि पर्ने अनुमान लगाउन सकिन्छ । ठ्याक्कै कति मूल्य पर्छ भन्ने थाहापाउन अझै केही समय कुर्नु पर्ने हुन्छ ।

