काठमाडौं । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्मको महिनामा चीनमा उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा निर्यात राम्रो संख्यामा वृद्धि भएको छ । यो वर्षको पहिलो ४ महिनामा सबैभन्दा धेरै बीवाइडीका गाडीहरु निर्यात भएका छन् ।
बीवाइडीले चार महिनामा १ लाख ३८ हजार ७६९ यूनिट ईभी निर्यात गरको हो । बीवाइडीले टेस्लालाई पछि पार्दै पहिलो स्थानमा बलियो पकड बनाएको देखिन्छ ।

दोस्रोमा धेरै निर्यात गर्ने अमेरिकी ब्राण्ड टेस्ला रहेको छ । टेस्लाले १ लाख १९ हजार २०२ यूनिट ईभी निर्यात गरेको देखिन्छ । चीनमा उत्पादन गरेर निर्यात भएको टेस्ला विश्वका धेरै देशमा बिक्री हुँदै आएको छ ।
त्यसैगरी तेस्रोमा धेरै कार एसएआईसी प्यासेन्जर यूनिटले गरेको छ । एसएआईसीले २९ हजार ८२७ यूनिट कार निर्यात गरेको हो । यी धेरै कार निर्यात गर्ने सबै कम्पनी ठूला हुन् ।
सूचीको चौथो स्थानमा स्टार्टअप कम्पनी नेटा परेको छ । उसले चार महिनामा १३ हजार ६९४ यूनिट नेटाका कारहरु निर्यात गरेको हो । पाँचौ धेरै निर्यात चेरीले गरेको छ । उसले १३ हजार ५१७ यूनिट ईभी चीन बाहिर निर्यात गरेको हो ।
स्टार्टअपमा नेटा पहिलो
पछिल्लो समय चीनमा स्थापना भएका नयाँ स्टार्टअप ईभी कम्पनीहरुको निर्यात हेर्दा सन् २०२४ को पहिलो ४ महिनामा नेटाका कारहरु सबैभन्दा धेरै अन्तर्राष्ट्रिय बजारम निर्यात भएका छन् ।

यस अवधिमा १३ हजार ६९४ यूनिट नेटा ब्राण्डका ईभीहरु निर्यात भएका हुन् । त्यसैगरी स्टार्टअप ब्राण्डहरु मध्यबाट दोस्रो धेरै एक्सपेङको ३ हजार २९ यूनिट, सेरेशको २ हजार ६९१ यूनिट र स्काईवर्थले ३६८ यूनिट ईभी निर्यात गरेका छन् ।
नेपाली बजारमा नेटा ब्राण्डका ईभीहरु सिजी मोटर्सले बिक्री गर्दै आएको छ । कम्पनीले क्रसआभर कार नेटा भी बिक्री गर्दै आएको छ भने इलेक्ट्रीक एसयूभी नेटा एक्सको बुकिङ लिइरहेको छ ।


