काठमाडौं । जापानीज मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनी होन्डा स्टाइलो नामबाट १६० सीसी इन्जिनमा नयाँ स्कुटर ल्याउने भएको हो ।
होन्डाले नयाँ स्कुटरको पेटेन्ट दर्ता गरेसँगै नयाँ मोटरसाइकलको विषयमा चर्चा बढ्दै गएको छ । यसअघि नै इन्डोनेशिया बजारमा बिक्री हुँदै आएको स्टाइलो स्कुटर हाइ क्यापासीटी र प्रिमियम सेग्मेन्टमा उपलब्ध मोडल हो ।
स्टाइलो १६० स्कुटरमा १५६.९ सीसी क्षमताको सिंगल सिलिन्डर लिक्वीड कूल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १५.४ ब्रेकहर्स पावर तथा १३.८ एनएमको टर्क जेनेरेट गर्छ ।
किलेस टेक्नीक सिस्टममा रहेको यस स्कुटरमा पुरा एलइडी लाइट सेटअप, यूएसबी चार्जिङ पोर्ट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ । जसमा स्पीडोमिटर, ओडोमिटर, फ्युल गेज, ट्रीप मिटरसँगै अन्य विवरण हेर्न मिल्नेछ ।
कम्पनीले यस स्कुटरलाई एबीएस र सीबीएस गरी दुई अप्सनमा ल्याउने बताइन्छ । स्टाइलो १६० स्कुटरमा भेरियन्ट अनुसार फरक फरक किसिमको ब्रेकिङ सिस्टम हुनेछ ।
एउटा भेरियन्टमा ड्यूल डिस्क ब्रेकसँगै ड्यूल च्यानल एबीएस पाउन सकिन्छ । अर्को भेरियन्टमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहनेछ । त्यस्तै, दुबै भेरियन्टमा ट्युवलेस टायर, १२ इन्चको अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा सिंगल सक एब्जर्वर रहने छ ।

