बीवाइडीले बनायो राइट ह्याण्ड ड्राइभमा ‘एम-सिक्स’

काठमाडौं । बीवाइडीले एम-सिक्स नामबाट नयाँ एमपीभी बिक्री सुरु गर्ने भएको छ । चिनियाँ मिडियामा सार्वजनिक भएका तस्बिरहरुको अनुसार नयाँ एम-सिक्स राइट ह्याण्ड ड्राइभ मोडल हो ।

चीनमा लेफ्ट ह्याण्ड ड्राइभ गाडी बिक्री हुन्छ । तर, बीवाइडीले एम-सिक्सलाई राइट ह्याण्ड ड्राइभमा तयार गर्नुको अर्थ स्थानीय बजार नभएर सुरुमै निर्यात गर्ने लक्ष्य राखेको अनुमान गर्न सकिन्छ ।

चीनमा बिक्री हुँदै आएको सङ म्याक्स मोडलमा आधारित एम-सिक्स ईभीको फ्रन्ट फेसिया स्लीक देखिएको छ । अगाडि दुई हेडलाइटको बीचमा दिइएको ठूलो साइजको क्रोम डिजाइनमा बीवाइडीको लोगो अंकित छ । साइड प्रोफाइलमा डाइनामीक बेल्ट लाइन दिएको छ । पछाडि भने ठूलो साइजको टेलल्याम्पलाई क्रोमले कनेक्ट गरेको देखिन्छ ।

क्याविनमा परम्परागत डिजाइनको इन्ट्रुमेन्ट क्लस्टर र ठूलो साइजको सेन्टर स्कृन देख्न सकिन्छ । गियर सिफ्टर तथा अन्य फङ्सनका सुइचहरु सेन्टर कन्सोलमा देखिन्छ । मल्टीफङ्सनल थ्री स्पोक स्टेरिङ ह्वील तथा ड्यूल कलरको क्याविन यसमा रहेको छ ।

बीवाइडीले आफ्नो नयाँ एमपीभीको लम्बाई ४७१० एमएम, चौडाई १८१० एमएम र उचाई १८८० एमएम दिएको छ । यसको ह्वीलवेस २७८५ एमएम छ । यो इलेक्ट्रीक एमपीभीमा ८१ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ, उक्त मोटरले १०८ हर्सपावर तथा १३५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

अहिलेसम्म कम्पनीले आधिकारीक जानकारी नदिएपनि यसमा ६० किलोवाट आवरको व्लेड ब्याट्री प्याक रहने अनुमान गरिएको छ ।


Back_to_top