अशोक लेलैण्डको शाखा पोखरामा, थ्रीएस सुविधा पाइने

काठमाडौं । आइएमर्इ मोटर्सले बिक्री वितरण गर्दै आएको अशोक लेलैन्डको शाखा पोखराको चउथेमा सञ्चालनमा आएको छ। उक्त शाखाबाट अशोक लेलैण्डको थ्रीएस सर्भिस ग्राहकले पाउने छन् । 

कम्पनीको सेल्स, सर्भिस र स्पेयर्स पार्टस सेवाको उद्घाटन आइएमई समुहका प्रबन्ध निर्देशक हेमराज ढकाल र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरेका थिए । 

उद्घाटन कार्यक्रममा प्रबन्ध निर्देशक ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गर्न उनले अनुरोध गरे । 

उनले बिक्री पछिको सेवाको लागि जस्तोसुकै परिस्थितिमा पनि आफुहरु ग्राहकको साथमा रहने प्रतिवद्धतासमेत जनाए ।


Back_to_top