काठमाडौं । बजाज अटो तथा ट्रायम्फ मिलेर भारतमा उत्पादन सुरू गरेको एक वर्ष पुरा भएको छ । भारतमा उत्पादन सुरु गरेको पहिलो वर्षमा ५० हजार यूनिट ट्रायम्फका मोटरसाइकल बिक्री पुरा भएको हो ।
कम्पनीले बजाजको नयाँ प्रोडक्सन प्लान्ट महाराष्ट्र पुने, चकनमा रहेको प्लान्ट उत्पादन ट्रायम्फ स्क्रयाम्बलर ४०० र स्पीड ४०० ले ५० हजार यूनिट माइलस्टोन पार गरेको हो ।
कम्पनीले पहिलो वार्षिक उत्सवको अवसरमा दुवै मोटरसाइकल १० हजार रुपैयाँको छुट घोषणा गरेको छ । कम्पनीले यसअघि दुबै मोटरसाइकलमा १० हजार रुपैयाँले मूल्य वृद्धि गरेको थियो । अव केही समय पुरानै मूल्यमा ट्रायम्फका मोटरसाइकल किन्न सकिने छ ।
अफर मूल्यमा ट्रायम्फ स्पीड ४०० दुई लाख २४ हजार र स्क्रयाम्बलर ४०० एक्स २ लाख ५४ हजार भारतीय रुपैयाँमा उपलब्ध हुनेछ ।
मेड इन इन्डिया बजाज ट्रायम्फ ५० भन्दा धेरै देशमा बिक्री सुरु भएको छ । जसमा जापान, कोरिया, बेलायत, अस्ट्रेलिया, मेक्सीको, ताइवान, अमेरिका लगायतका देशमा यसको बिक्री भइरहेको छ । त्यस्तै नेपालमा समेत ट्रायम्फ बिक्री सुरु हुने भएको छ ।
आगामी नाडा अटो शो २०२४ मा हंशराज हुलाश चन्द एण्ड कम्पनीले ट्रायम्फका मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले काठमाडौंको नक्सालमा ट्रायम्फका लागि शोरुम समेत तयार पारिरहेको छ ।
नेपालमै एसेम्बल भएर बिक्री हुने हो भने ट्रायम्फ मोटरसाइकल ७ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँमा आउने अनुमान गर्न सकिन्छ ।

