मारुती सुजुकीले आफ्नो थर्ड जेनेरेशनको वागेन–आर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस गाडीलाई सन् २०१९ को फस्र्ट क्वाटरमा सार्वजनिक गर्ने जनाएको हो ।
वागेन–आरमा फस्र्ट जेनेरेशन मोडलमा प्रयोग गरिएजस्तै बक्सी डिजाइन प्रयोग गरेको छ । नयाँ वागेन–आर पहिलेको तुलनामा केही ठूलो हुनेछ । यसको सी–पिल्लर र बी–पिल्लरमा ब्ल्याक–कलर दिइएको छ भने रियर–इन्डमा एक्समेस–ट्री स्टाइलको टेललाइट दिइएको छ ।
नयाँ मारुती वागेन–आर सेकेन्ड जेनेरेशनको मोडेलभन्दा बढी सुरक्षित रहेको अनुमान गरिएको छ । मारुती वागेन–आरमा भारतीय इमिसन मापदन्ड बीएस–६ अनुसारको इन्जिन दिइएको छ ।
यसमा लगाइएको इन्जिनले ६७ बीएचपी पावर र ९० एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल गियरबक्स दिइएको छ ।

