काठमाडौं । अहिले बजारमा युवाहरूले मन पराउने बाइकको मूल्य तीन लाख रुपैयाँ हाराहारीमा पर्छ । अझ पावर र ब्रान्ड रोजाईमा बाइक खोज्ने हो भने, औसत ५ लाख रुपैयाँमा राम्रो बाइक पाउन सकिन्छ । त्यसमा दैनिकरुपमा हुने खर्चसमेत निकै ठूलो हुने गर्छ ।
तपाईंले इलेक्ट्रीक गाडी किन्दा वातावरण प्रदूषणमा केही भए पनि रोक्न, पेट्रोलियम पदार्थको आयातमा कमी र स्वेदेशी ऊर्जाको प्रयोगबाट ब्यापार घाटा कम गर्नसमेत सहयोग पुग्नेछ ।
यस्तोमा हामीले यहाँ चर्चा गर्न लागेको गाडी हो, ‘महिन्द्रा ईटुओ–प्लस’ । हामीले बाइक किन्ने रकम डाउन पेमेन्टमा जम्मा गर्दा ‘महिन्द्रा ईटुओ–प्लस’ किन्न सकिनेछ । अनि वाइकमा हाल्ने इन्धन, लुब्रिकेन्ट तथा मर्मत–सम्भार खर्चमा केही थप गर्दा गाडीको मासिक किस्तासमेत तिर्न सकिन्छ भन्ने विषय उल्लेख गरेका छौँ ।
नेपाली बाटामा धेरै वर्षदेखि सफलतापूर्वक सञ्चालन भइरहेको यो गाडी भारतको प्रसिद्ध कम्पनी महिन्द्राले निर्माण गरेको हो । केही समय अगाडि एक चालकले १ लाख किलोमिटर सफलतापूर्वक चलाएर रेकर्ड बनाएको यो इलेक्ट्रीक कार नेपाली बजारमा निकै राम्रो पफर्मेन्स गरिरहेको छ ।
यस कारमा ४ जना व्यक्ति आरामसँग यात्रा गर्न सक्नेछन् । सानो आकार र अटोमेटिक ड्राइभिङ्ग फङ्सनले साँघुरा तथा हेभी ट्राफिक भएका बाटाहरूमा पनि यसलाई सजिलै चलाउन, मोड्न तथा पार्क गर्न सकिन्छ ।
उक्त सुविधाअनुसार तपाईंले महिन्द्राको ईटुओ–प्लस चढ्ने विचार गर्नुभयो भने, ४ लाख रुपैयाँ डाउन पेमेन्ट भए पुग्नेछ ।
नेपाली बजारमा महिन्द्राको ईटुओका विभिन्न मोडलहरू उपलब्ध रहेका छन् । यसको पीफोर मोडलको मूल्य २० लाख २३ हजार रुपैयाँ रहेको छ । जसमा कम्पनीले हाल ३० हजारसम्म छुटको व्यवस्था गरेको जनाएको छ ।
सरकारले नै इलेक्ट्रीक भेहिकल प्रमोट गर्ने उद्देश्यले गाडीको मूल्यको ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिएको छ । उक्त सुविधाअनुसार तपाईंले महिन्द्राको ईटुओ–प्लस चढ्ने विचार गर्नुभयो भने, ४ लाख रुपैयाँ डाउन पेमेन्ट भए पुग्नेछ ।
बैंकहरूले इलेक्ट्रीक कारमा व्याजदर पनि कम दरमा नै उपलब्ध गराइरहेका छन् । करिब ११ प्रतिशतको हाराहारी ब्याजदरमा सजिलै फाइनान्स सुविधा पाउन सकिन्छ ।
इलेक्ट्रीक भेहिकलमा गरिएको लगानीलाई केन्द्रीय बैंकले ‘डिप्राइप’ क्षेत्रमा गरिएको लगानीसरह मान्ने भएकोले इलेक्ट्रीक गाडीलाई कुनै पनि बैंकले सजिलै फाइनान्स सुविधा दिनेछन् ।
यसरी हेर्ने हो भने हामीले इलेक्ट्रीक भेहिकल महिन्द्राको ईटुओ–प्लस पी–फोर चढेर हिँड्दा वार्षिक धेरै रकम वचत गर्न सकिने देखिन्छ ।
नेपाल सरकारले इलेक्ट्रीक भेहिकललाई वार्षिक सवारी करमा पनि सत्प्रतिशत छुट दिएको छ । वार्षिकरुपमा यातायात व्यवस्था कार्यालयमा गएर सवारी दस्तुर तिर्ने झन्झटबाट पनि मुक्त भइन्छ, जसको कारण अन्य गाडीको तुलनामा यसमा वार्षिक करिब २० हजार जति वचत हुनेछ ।
कुनै पनि सवारी सञ्चालनमा लाग्ने सबैभन्दा ठूलो खर्च इन्धनको हो, जुन हालको मूल्यमा हिसाब गर्दा एउटा गाडीलाई औसत मासिक १० हजार हाराहारीमा खर्च हुन्छ । यस्ता इलेक्ट्रीक भेहिकलमा ग्यासोलिन भेहिकलमा जस्तो लुब्रिकेन्टको पनि प्रयोग नहुने भएकोले मासिकरुपमा आउने लुब्रिकेन्ट र सर्भिसिङ्ग चार्ज पनि बच्नेछ ।
एउटा राम्रो बाइक चढ्नेहरूको लागि मासिक ३ हजारको हाराहारीमा मेन्टिनेन्स खर्च आउने गर्छ । यसरी हेर्ने हो भने हामीले इलेक्ट्रीक भेहिकल महिन्द्राको ईटुओ–प्लस पी–फोर चढेर हिँड्दा वार्षिक धेरै रकम वचत गर्न सकिने देखिन्छ ।
कार किन्दा कस्ता फाइदा ?
यो कार वर्षको एकपटकमात्र सर्भिसिङ्ग गरे हुन्छ र जसको खर्च वार्षिक जम्मा १ हजार रुपैयाँको हाराहारीमा मात्र लाग्नेछ । कार किन्दा कम्पनीले ३ वटा फ्रि–सर्भिसिङ्गको कुपन पनि उपलब्ध गराउनेछ ।
यो कारसँगै मोवाइल–एप पनि हुन्छ । जसमा रहेको युनिक रिभाइभ फिचरको सहायताले पूरै ब्याट्री सकिएको अवस्थामा १० प्रतिशत व्याट्री रिभाइभ गर्न सकिन्छ । एपको सहयोगमा नेटवर्क भएको ठाउँमा बसेर कारको विभिन्न फङ्सनहरू चलाउन सकिन्छ । जस्तो कि आफू कारमा जानु अगाडि नै कारको क्लाइमेट कन्ट्रोल अन गर्ने, कारको ब्याट्रीमा भएको चार्ज चेक गर्ने, कार लक–अनलक गर्ने, कार कसैले चलाएको समेत एप्सबाट थाहा पाउन सकिनेछ ।
पावर
यसमा रहेको ४८ सेलको लिथियम आयन फोस्फेट ब्याट्रीलाई फूल चार्ज गर्नको लागि सामान्य घरायसी प्लगइनमा चार्ज गर्दा ४ देखि ५ घन्टामा फूल चार्ज गर्न सकिन्छ । एकपटक फूल चार्ज गरेपछि ११० किलोमिटरसम्म यात्रा गर्न सकिने यो कार सिटीमा चलाउन उत्कृष्ट रहेको छ ।
दैनिक २० देखि ३० किलोमिटरसम्मको मात्र यात्रा गर्ने मानिसलाई ३ दिनमा एकपटकमात्र चार्ज गरे हुन्छ भने दैनिक ३० देखि ४० किलोमिटरको यात्रा गर्ने हो भने २ दिनमा एकपटक चार्ज गर्दा पुग्नेछ ।
अग्नी इनर्जीले हाल नेपाली बजारमा ईटुओ–प्लस पी–फोरको अलावा ईटुओ–प्लसकै अर्को मोडल पी–सिक्स पनि बिक्री गरिरहेको छ ।
नेपालको लागि आधिकारीक बिक्रेता अग्नी इन्–कर्पोरेटअन्तर्गतको अग्नी इनर्जीकाअनुसार आठ–नौ वर्षसम्म प्रयोग गरेपछिमात्र यसको ब्याट्री फेर्नुपर्ने हुन्छ । ब्याट्री पनि ४८ वटा छुट्टाछुट्टै सेल हुने भएकोले कमजोर सेलमात्र परिवर्तन गरे हुन्छ । हाल प्रतिसेल ब्याट्रीको मूल्य ७ हजार रुपैयाँ रहेको छ । साथै, ब्याट्रीको मूल्य क्रमिकरुपमा घट्दो क्रममा रहेको अग्नि इनर्जीका सिनियर एक्जुकेटिभ मेनेजर प्रमोद भण्डारीले जानकारी दिए ।
उनकाअनुसार यसको सञ्चालन खर्च प्रतिकिलोमिटरमात्र १ रुपैयाँ २५ पैसा आउनेछ । अग्नी इनर्जीले हाल नेपाली बजारमा ईटुओ–प्लस पी–फोरको अलावा ईटुओ–प्लसकै अर्को मोडल पी–सिक्स पनि बिक्री गरिरहेको छ । जसमा इन्फोटेन्मेन्ट सिस्टम र रिभर्स क्यामराको समेत सुविधा रहेको छ । जसको मूल्य २२ लाख ४५ हजार रहेको छ भने इलेक्ट्रीक सेडान ई–भेरिटो कार पनि कम्पनीले बिक्री–वितरण गर्दैआएको छ । जसको मूल्य २८ लाख ८० हजार रुपैयाँ रहेको छ ।

