काठमाडौं । टीभीएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा नेपाली बजारमा आएको छ । टीभीएसको लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोटर्सले उक्त नयाँ कलरको स्कुटर बजारमा ल्याएको हो ।
यस क्लासिक संस्करणमा सनलीट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिटलगायतका सुबिधा छन् ।
चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिन्छ ।
‘टीभीएस जुपिटर क्लासिक अटम ब्राउन’ पुरै आल्मुनियम बडी, ११० सिसि इन्जिनबाट उच्चतम शक्ती उत्पन्न भने यको माइलेजपनि उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ ।
चलाउन निकै सजिलो यो स्कुटरमा टीभीएसले प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ ।
जुपिटर क्लासिक अटम ब्राउनको बजार मूल्य रु १ लाख ९८ हजार ९०० रुपैयाँ तोकिएको छ ।


